• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

फेसबुकमा आएकाे फाेटाेले जुटायाे युवा, कविशिरोमणिको घर पारे चिटिक्क !

  •  ईश्वर देवकाेटा
  • ९ भाद्र २०७७, मंगलवार २२:५५ प्रकाशित
    Advertisement
    पाेखरा २७ अर्चलेस्थित कविशिराेमणिकाे जन्मघर सफाइपछि सामूहिक तस्बिर लिँदै युवाहरु । तस्बिर साैजन्य नीराेज लामिछाने

    पोखरा । ‘रुटिन अफ नेपाल बन्द’ फेसबुक पेजमा सोमबार बिहानै राष्ट्रिय समाचार समिति (रासस)को एउटा तस्बिर पोस्ट भयो ।

    राससकी फोटो पत्रकार राधिका कँडेलले खिचेको त्यो तस्बिर कविशिरोमणि लेखनाथ पौड्यालको जन्मघरको थियो ।

    रातोमाटोले लिपेको र खरले छाएको उक्त घर अरुबेला चिटिक्क देखिन्थ्यो । तर, कोरोना महामारीको असरले पौड्यालको घरलाई पनि छोयो ।

    महिनौदेखि स्याहार नपाउँदा खरका छानामा झार पलाएका थिए । आँगनमा यत्रतत्र झार उम्रिएर विरुप दृश्य तस्बिरमा देखिन्थ्यो ।

    पोखरा २७ अर्चलेस्थित उक्त घर वर्षौपहिले संग्रहालयमा रुपान्तरण भइसकेको छ ।

    प्रवेशका लागि टिकट लिइन्छ । तर संग्रहालयले नियमित स्याहार नपाउँदाको ‘प्रमाणित तस्बिर’ राससमार्फत पेजहुँदै सञ्चार माध्यममा आएपछि भने त्यहीँका युवाहरुलाई निराश बनायो ।

    राससकी फाेटाेपत्रकार राधिका कँडेलले खिचेकाे तस्बिर ।

    रुटिन अफ नेपाल बन्द फेसबुक पेजमा पोस्ट भएको केही मिनेटमा हजारौं लाइक रियाक्ट, कमेन्ट र सेयर भयो ।

    राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनले बनाएको घाउ नेपाली मनमा नओभाउँदै कविशिरोमणिको संग्रहालयको बिजोग देख्दा धेरैको ‘मनपेट’ पोल्यो ।

    पेजको कमेन्टमा त्यहीँका स्थानीय युवाहरुलाई मेन्सन भयो । सिर्जनशील युवा क्लबका अध्यक्षसमेत रहेका नीरोज लामिछानेलाई उनका साथीले गरेको मेन्सनले कताकता बिजायो ।

    क्लबका अन्य पदाधिकारी र सदस्यलाई पनि मेन्सन भएछ । आफ्नै ठाउँमा भएको संग्रहालयको पनि स्याहार नभएकोमा युवाहरुलाई ‘लाज’को अनुभूति भयो ।

    क्लबका पदाधिकारी ग्रुप च्याटमा जुटिहाले । योजना बनाए, ‘आजै सफाइ गर्नुपर्छ ।’

    अध्यक्ष नीरोजले आफूलाई पेजमा मेन्सन भएपछि तत्कालै क्लबको भर्चुअल बैठक बसेर सफाइको कार्यक्रम तय गरेको सुनाए ।

    ‘पेजमा साथीहरुले मलाई र क्लबका अन्य साथीहरुलाई मेन्सन गरेपछि हामी चिन्तित भयौं,’ उनी भन्छन्, ‘निषेधाज्ञा छ । के गर्ने भयो । साथीहरुको सल्लाह बमोजिम साँझ बाहिरी वातावरण केही खुकुलो भएपछि जाने योजना बन्यो ।’

    क्लबका पदाधिकारी र सदस्य गरी ७ जना उपलब्ध भए । १० मिनेटमै योजना बन्यो । घरबाट सफाइका सामग्री जोहो गर्ने निधो भयो । सुरक्षाका सामग्री आ–आफैं जोहो भयो । साँझ ४ बजेतिर अर्घौबेसीबाट उक्लिएर टोली संग्रहालय पुग्यो ।

    संग्रहालयमा सुरक्षाकर्मी देखिएनन् । ताला लगाइएका कारण रोकिनु पर्‍यो । चिनजानका साथीभाइले बिहानकै प्रसंग निकालेर क्लबका सदस्यलाई ‘केही गर्नुपर्‍यो’ भन्दै फोनमा सुझाई रहेका थिए ।

    उता गेटबाट बाटो पाइएन । नीरजले संग्रहालयका अध्यक्ष विश्वप्रकाश लामिछानेलाई सविस्तार फोनमै सुनाए । उनीहरुलाई तलको बाटो जान लामिछानेले अनुमति दिए ।

    केही औजार त साथमै लगेका थिए । छानो माथिको झार उखेल्न भर्‍याङ थिएन । नीरोज सम्झिन्छन्, ‘माथिसम्म पुगियो । तर भर्‍याङ ख्याल नै भएनछ । के गर्ने के गर्ने भयो । नजिकैको घरमा सोध्न गयौं । त्यहीँ पाइयो । खर जोगाउने गरी झार झिकियो ।’

    छानामाथि पलाएकाे झार उखेल्दै युवाहरु । तस्बीर साैजन्य नीराेज लामिछाने ।

    साथीहरु मिलेर साढे २ घन्टामै संग्रहालय सफाइ गरिएको क्लबका उपाध्यक्ष रोशन लामिछानेले सुनाए । घरमै बसिरहेकाले खेर गएको समयमा आफ्नै ठाउँमा भएको सम्पदा सफाई गर्न पाउँदा खुसी लागेको उनले बताए ।

    ‘संग्रहालयको अवस्थाबारे हामीलाई कसैले पहिले खबर नै गरेनन्,’ उनी भन्छन्, ‘लकडाउन, निषेधाज्ञाका कारण माथि उक्लिन २० मिनेटको बाटो भएपछि जान सकिएन । जानकारी पाएको भए पहिल्यै सफा गरिसक्थ्यौं ।’

    सम्बन्धित संग्रहालय समितिले सफाइमा सहयोग मागे कुनैपनि समयमा सहयोग गर्न तयार भएको उनी बताउँछन् ।

    तर, खेर गइरहेको समयमा युवाहरुलाई परिचालन गर्ने उपाय नजानेरै संग्रहालयको त्यस्तो हालत भएको उनको बुझाइ छ ।

    सामाजिक सञ्जाल र सञ्चार माध्यममा उक्त तस्बिर नआएको भए अझै कति दिन त्यस्तै हालतमा संग्रहालयको अवस्था रहिरहन्थ्यो ।

    सफाइपछि संग्रहालयको रुप पूर्ववत् जस्तै चिटिक्क देखिएको छ ।

    संग्रहालयका पछिल्ला तस्बिर उनीहरुले फेसबुकमा सेयर गरेका छन् ।

    उनीहरुको कामलाई प्रतिक्रियामा सबैले प्रशंसा गर्दै धन्यवाद दिएका छन् ।

    सफाइपछि चिटिक्क कविशिराेमणिकाे जन्मघर । तस्बीर साैजन्य नीराेज लामिछाने ।

    लामो समयको बन्दाबन्दीका कारण सफाइमा बाधा पुगेको संग्रहालयका अध्यक्ष विश्वप्रकाश लामिछाने बताउँछन् ।

    अवलोकनकर्ता आउन बन्द भएपछि आम्दानी पनि नभएकाले कर्मचारी राख्न नसक्दा स्याहारमा समस्या भएको उनको भनाइ छ ।

    साविक लेखनाथ नगरपालिकाले संग्रहालयको संरक्षणका लागि १ कर्मचारी दिएको थियो । तर, पोखरा महानगरले उक्त कर्मचारी कटौती गरिसकेको छ ।

    संग्रहालयको आफ्नै आम्दानीले नथेग्दा संरक्षणमा समस्या देखिएको लामिछानेले सुनाए । ‘सफाइ गर्ने तयारीमै थियौं, सञ्चार माध्यममा तस्बिर आएपछि स्थानीय युवाहरुले समन्वय गरेर सफाइ गरिसक्नु भएको छ,’ उनले भने, ‘नियमित सफाइमा कर्मचारी राख्नुपर्ने हुँदा स्रोतको अभावका कारण संग्रहालयलाई समस्या परेकै हो ।’

    खरको छानो र माटोले लिपेको घरमा दैनिकजसो सफाइ नहुँदा छिटै फोहोर देखिने भएकाले महानगरले कर्मचारी पुनः व्यवस्थापन गर्दियोस् भन्ने चाहना समितिको छ ।

    सामान्य दिनमा ५०/६० जना अवलोकनकर्ता पुग्ने उक्त क्षेत्रलाई साहित्यिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न कविशिरोमणि पौड्यालको घरलाई संरक्षण थालिएको थियो ।

    कविशिरोमणि लेखनाथ जन्मस्थल विकास समिति गठन भएसँगै कविशिरोमणिको जन्मघरको संरक्षणका साथै संग्रहालय, तरुण तपसी उद्यान निर्माण लगायतका कामहरु भइरहेका छन् ।

    संग्रहालयमा कविशिरोमणिका बाल्यकालदेखि मृत्युसम्म प्रयोग भएका सामग्री र उक्त समयका रीतिरिवाज झल्कने सामग्रीको संकलन छ । पिकनिक स्पट, कार्यक्रम गर्न ट्रस्ट, प्रतीक्षालय, उद्यान संग्रहालयको छेवैमा छन् ।

    पृथ्वीराजमार्गस्थित अर्घौचोकमा कविशिरोमणिको अर्धकदको शालिक निर्माण भएको छ । प्रवेशद्वारदेखि घरसम्म कविशिरोमणिका कविताका श्लोकहरु सिंगमर्मरमा कुँदेर सजाइएका छन् ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    संसद बैठक सुरु, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी
    गणनास्थलमा प्रतिनिधिनको नक्कली कार्ड बनाएर छिरेका दुईजना पक्राउ
    एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित स्थानीय निर्वाचानमा
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Memphis Chat , Free online dating

    • २.
      बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान

    • ३.
      संसद बैठक सुरु, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

    • ४.
      काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    • ५.
      गणनास्थलमा प्रतिनिधिनको नक्कली कार्ड बनाएर छिरेका दुईजना पक्राउ

    • ६.
      एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित स्थानीय निर्वाचानमा

    • ७.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      दुई वडामा एमाले प्यानलै विजयी चितवनमा

    • ३.
      बालेन शाह केशव स्थापितभन्दा दोब्बर मतले अगाडि

    • ४.
      अग्रता बढाउँदै लगे बालेनले काठमाडौं महानगरपालिकामा

    • ५.
      राप्रपाको हैसियतमा सुधार, अहिलेसम्म जित्यो १८ वडाध्यक्ष

    • ६.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ७.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.