• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

मेहनत गरे स्वदेशमै सुन फल्छः विदेशबाट फर्केर कृषक बनेका युवाको कथा

  •  रासस
  • १६ माघ २०७७, शुक्रबार १२:५१ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तस्बिर: रासस

    लमजुङ । मर्स्याङ्दी गाउँपालिका–७ छिनखोला गाउँबाट बेँसीशहर झरेका अजय तामाङ परिवारका साथ सुख, सयल र सुविधाको जीवन बिताउने सपना देखेर १३ वर्षअघि दुवई हानिए । उनको सपना केवल सपना मात्रै भयो । विदेशमा न सोचेजस्तो काम, न सोचेजस्तो कमाइ । साढे दुई वर्षपछि उनि नेपाल फर्किए । न विदेशको कमाइ, न स्वदेशमा कुनै रोजगारीको उपाय । दुविधा बढ्दै गएपछि उनले झलक्क सम्झिए, छिनखोलाकै पाखो पखेरो ।

    उतिबेला गाउँगाउँमा अलैँची खेतीको लहर चलेको थियो । त्यही लहरमा लहरिँदै पसे छिनखोलाको सेपिलो पाखातिर । उनले शुरु गरे अलैँची खेती । उतिबेला काम खोज्दै विदेश भौँतारिएका उनि अहिलेका उम्दा अलैँची कृषक । शुरुमा एक रोपनी जग्गामा अलैँची खेती विस्तार गरे । खेतीमा राम्रो हुन थालेपछि अहिले ४० रोपनी क्षेत्रफलमा अलैँची लगाएका छन् । अलैँची दाना बेचेर अघिल्लो वर्ष रु पाँच लाख बढी कमाएको उहाँले जानकारी दिए । यस वर्ष पनि सोही हाराहारीमा अलैँची दाना बिक्री गर्दै आम्दानी गरे । यस वर्ष उनले ४०० किलो अलैँची उत्पादन गरेका थिए। अलैँची खरिद बिक्री गर्ने बिरुवा बिक्रीबाट गत वर्ष डेढ लाख बिरुवा उत्पादन गर्दै बिक्री गरेको र यस वर्ष २०० बिरुवा उत्पादन गर्ने लक्ष्य अलैँची कृषक तामाङको छ । उनले आफ्नै बारीमा अलैँची नर्सरी स्थापना गरेर उत्पादनका साथै अलैँची बिरुवा बिक्री गर्दै आएका छन् ।

    अलैँचीका दाना र बिरुवा बिक्री गरेर वार्षिक रु १२÷१३ लाख सजिलै आम्दानी हुने गरेको उनको भनाइ छ । उनलाई यसरी वार्षिक यतिका रकम आम्दानी हुँदा शुरु शुरुमा त सपनजस्तै हुने गरेको थियो । उनले कहिल्यै यस पेशाबाट आम्दानी गरेका थिएनन् । अलैँची व्यवसाय सम्हाल्नुभन्दा अघि परिवारको सुनौलो भविष्यको सपना देख्दै आफू विदेश गएको उनले अनुभव सुनाए। “त्यहाँ दुःख गरेपनि वार्षिक रु तीन लाखभन्दा बढी कमाइ हुन सकेन । अहिले परिवारको साथमा घरमा बसीबसी वार्षिक रु १२÷१३ लाख र कुनै वर्ष त १५ लाखसम्म कमाइ हुने गरेको छ”, उनले भने, “यतिका आम्दानी हुन्छ भनेर कहिल्यै सोचिको नै थिइन, अलैँची खेतीले मेरो भाग्य नै परिवर्तन गरिदिएको छ ।”

    उनि नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेशको अध्यक्ष तथा लमजुङ शाखाको अध्यक्ष समेत छन् । रोजगारी नभएर गाउँ छाड्ने गरेका र विदेशमा रहेका युवालाई गाउँगाउँमा आएर अलैँची खेती गरी विदेशमा भन्दा राम्रो आम्दानी गर्न उनको आग्रह छ । कति युवालाई त उनले विदेश जानबाट रोक्दै अलैँची व्यवसायमा आबद्ध गराएर सफल कृषकसमेत बनाइसकेका छन् । उनले जिल्लाका युवा तथा कृषकलाई अलैँची खेतीमा आबद्ध गराउँदै सफल कृषक बनाउनमा ठूलो योगदान दिएका छन् ।

    अजयजस्तै मस्र्याङ्दी गाउँपालिका–७ लुदीका सोमबहादुर तामाङले पनि अलैँची खेती गरी राम्रो आम्दानी गर्दै आएका छन् । उनले पनि अलैँची व्यवसायय शुरु गर्नुअघि १० वर्ष मलेसियामा काम गरे । विदेशको रोजगारीले खासै प्रगति । सुनौलो भविष्य देखेर गएका उनको जीवन सोचेजस्तो हुन सकेन । “कडा परिश्रम गरेकै थिएँ, तर आम्दानी सोचेजस्तो नहुँदा परिवारको खर्च पनि चलाउन मुस्किल भयो”, उनले भने, “घडेरी, सम्पत्ति जोड्ने कुरात परको हुन पुग्या, घरखर्च चलाउन पनि मुस्किल भयो ।” विदेशबाट फर्किएपछि गाउँमा छाडेर गएको बाँझो जग्गामा अलैँची खेती विस्तार गर्न थाले ।

    विदेशबाट आउने बित्तिकै २३ वर्षअघि शुरुमा एक रोपनी जग्गाबाट अलैँची खेती विस्तार गरेका उनले अहिले ४० रोपनी क्षेक्रफलमा अलैँची खेती गरेका छन् । विदेशमा कमाइ गर्न नसके पनि नेपालमा नै अलैँची खेतीबाट धेरै राम्रो आम्दानी भइरहेको उनले बताए । वार्षिक रु सात लाखसम्म अलैँची दानाबाट आम्दानी गर्ने गरेको उनको भनाइ छ । उनले स्थापना गरेका खाचे अलैँची नर्सरी तथा जडीबुटी नर्सरी फार्ममा उत्पादित नर्सरी अलैँचीको बिरुवा बिक्रीबाट वार्षिक रु चार लाखसम्म आम्दानी हुने गरेको छ । विदेशमा गर्न नसकेको आम्दानी परिवारको साथमा बसेरै राम्रो आम्दानी भएपछि अहिले उनलाई अलैँची व्यवसाय ढिलो शुरु गरेको र विदेश गएकोमा पछुतो छ ।

    तामाङद्वय जस्तै अर्का अलैँची कृषक मर्स्याङ्दी –७ छिनखोलाका बलराम लामाले अलैँचीबाट वार्षिक रु ९÷१० लाख आम्दानी गर्दै आएका छन्। अलैँची खेति शुरु गर्नुअघि आफ्ना गाउँठाउँको जग्गा जमीन घरपरिवार र आफन्त छोडेर उनि विदेश पुगे । रोजगारीको सिलसिलामा पाँच वर्षसम्म खाडीमुलुकमा भविष्य नदेखेपछि आफ्नै गाउँमा अलैँची खेती गर्न थालेका लामाले २० रोपनी जग्गामा अलैँची खेती गर्दै आएका छन् । यस वर्ष अलैँची बिक्रीबाट करीब रु पाँच लाख आम्दानी गर्न सफल भएको उनले जानकारी दिए । विदेशमा दुई लाख रुपैयाँ आम्दानी गर्न कठिन भएको बताउँदै उनले अहिले अलैँचीले त्यहाँको भन्दा दोब्बर बढी आम्दानी भएको र परिवारको गुजारा राम्रैसँग चलेको अनुभव सुनाए । “विदेशमा भन्दा स्वदेशमै गर्नसके भविष्य उज्वल हुँदो रहेछ”, उनले भने ।

    अलैँची खेती यस जिल्लामा ३६ वर्षअघिबाट शुरुआत भएको अलैँची महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष तामाङको भनाइ छ । अलैँची खेतीतर्फ युवा आकर्षित भएको र यसले कृषकको जीवन नै परिवर्तन भएको उनले बताए । पछिल्ला वर्षमा शहर पसेका पनि गाउँगाउँ आएर अलैँची खेती गर्न थालेको जनाउँदै उनले परम्परागत खेतीभन्दा अलैँची खेतीबाट धेरै आम्दानी हुने भएकाले यसतर्फ आकर्षण बढेको बताए। जिल्लामा उत्पादित अलैँची दानाको माग उच्च रहँदै आएको छ । यस वर्ष कृषकले तीन हजार ५०० क्विन्टल अलैँची दाना बिक्रीबाट रु १८ करोड २० लाख आम्दानी गरेका छन् ।

    जिल्लामा एक ५०० हेक्टर क्षेत्रफलमा अलैँची खेती विस्तार भएको छ । अलैँचीको विभिन्न प्रकारका हुने भए पनि जिल्लामा ७०० मिटरदेखि एक हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार २०० मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आइएको छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)
    अब नेपालमा हिंसात्मक द्वन्द्व छैनः प्रधानमन्त्री ओली
    वार्ता टोलीलाई विप्लवले भेटे, सभागृह जानुअघि आन्तरिक छलफल
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)

    • २.
      प्रचण्ड–माधव पक्षका नेताहरु निर्वाचन आयोगमा, दलविवाद चाँडै निरुपण गर्न ध्यानाकर्षण

    • ३.
      अब नेपालमा हिंसात्मक द्वन्द्व छैनः प्रधानमन्त्री ओली

    • ४.
      प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहको निर्णय

    • ५.
      सहमतिप्रति प्रतिवद्ध छौँ, तर हस्तक्षेप स्वीकार छैनः विप्लव

    • ६.
      विप्लव र सरकारबीच तीन बुँदे सहमतीमा हस्ताक्षर

    • ७.
      प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे विप्लव

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ७.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.