काठमाडौं । सुनको मूल्य बुधबार ओरालो लागेको छ । प्रतितोलामा ४ सयले घटेर ९६ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार ९७ हजार २ सयमा खरिदबिक्री भएको थियो ।
चाँदीको मूल्यमा भने १० रुपैयाँ बढेको छ । बुधबार प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।