काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौँमा मोटरसाइकल र्याली निकालेको छ ।
बुधबार दिउँसो ललितपुरको बालकुमारीमा उपप्रधानमन्त्री इश्वर पोखरेलले रिबन काटेर र्यालीको उद्घाटन गरेका हुन् ।
ओली समूहले माघ २३ गते काठमाडौँमा बृहत आमसभा गर्ने घोषणा गरिसकेको छ । त्यसकै तयारी स्वरुप बुधबार काठमाडौँ उपत्यकाको सडकमा अनेरस्ववियुले मोटरसाइकल र्याली निकालेको हो ।
बुधवारको मोटरसाइकल र्यालीलाई ओली समूहको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ ।