• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

ताराखोलामा कोसेली घर बन्ने

  •  रासस
  • १० भाद्र २०७७, बुधबार १६:३६ प्रकाशित
    Advertisement

    बागलुङ । स्थानीय उत्पादनको बजारीकरणमा सघाउन ताराखोला गाउँपालिकाले ‘कोसेली घर’ बनाउने भएको छ । ‘कोसेली घर’का लागि चालु आवमा संघ सरकारको ३० लाख र गाउँपालिकाको १५ लाख बजेट छ ।

    सडकको सहज पहुँच भएको र बजार आसपास पर्ने गरी ‘कोशेली घर’ निर्माण गरिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीको भनाइ छ । ‘भवन बनाएर यो वर्षभित्रै सेवा सुरु गर्ने योजना छ,’ उनले भने । कृषि, पशुजन्य उपजदेखि हस्तकलाका सामग्री, जडिबुटीलगायत स्थानीय उत्पादन बिक्रीका लागि त्यहाँ राखिनेछ ।

    मकै, फापरजस्ता कृषि फसल नै बिक्रीमा नराखेर त्यसबाट बन्ने आटो, पिठोलाई ‘कोशेली घर’मा राख्ने सोच गाउँपालिकाको छ । दूध, घिउलगायत पशुपक्षीजन्य उत्पादनको व्यावसायीकरणमा पनि टेवा पुग्ने विश्वास लिइएको छ ।

    गाउँपालिकाले किसान, उद्यमीबाट उत्पादन खरिद गर्ने र त्यसलाई बजारसम्म पुर्‍याउने उद्देश्यसहित ‘कोशेली घर’को अवधारणा अघि सारिएको थियो । ‘ताराखोला घुम्न आउने पर्यटक, पाहुनाका लागि पनि यहाँको उत्पादन बेच्न सकिन्छ,’ अध्यक्ष घर्तीले भने, ‘यसबाट गाउँघरमै आयआर्जनको बाटो खुल्छ ।’

    ताराखोलाबाट नेपाली हाते कागज, अल्लोका कपडा, जडीबुटी, ‘स्लेट ढुङ्गा’, काठ, च्याउ, गेडागुडी, आलु, भाँगोलगायतका स्थानीय उत्पादन निर्यात हुन्छ । निगालोबाट बन्ने डोका, डालाडीली, नाङ्ला, काइँयोजस्ता हस्तकलाका सामग्री पनि त्यहाँ उत्पादन हुन्छ ।

    ताराखोलाको पहिचान झल्काउने गरी ‘कोशेली घर’ बनाउनुपर्ने स्थानीयवासी बिर्बलाल घर्तीले बताए । उनले व्यवसाय र उद्यमशीलता प्रवर्द्धन गर्ने योजना ल्याउन गाउँपालिकालाई सुझाव दिए ।

    ताराखोला कृषि, पशुपालन र वनजन्य उद्यमका लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । पशुपालनतर्फ भैँसी, बाख्रा, भेडापालन र कृषितर्फ आलु, भाँगोमा गाउँपालिका आत्मनिर्भर छ । ताराखोला आलु खेतीले अझ बढी चिनिन्छ । गाउँपालिकाले किसानलाई व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्न अनुदान, तालिमलगायत प्रोत्साहनका कार्यक्रम ल्याएको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै
    गण्डकीमा एमालेले कांग्रेसलाई बराबरीमा रोक्यो
    लण्डनमा शिक्षामन्त्री पौडेल
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      रोहितले छाडे पर्सिजा जाकार्ता, भन्छन्- असल मान्छे बनायो

    • २.
      धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै

    • ३.
      बिरामी बाेकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

    • ४.
      निर्वाचित भएका जनप्रतिनिधिहरूका थरीथरीका घोषणाहरू सार्वजानिक हुन थाले

    • ५.
      मकवानपुरमा लागूऔषधसहित तीनजना पक्राउ

    • ६.
      गण्डकीमा एमालेले कांग्रेसलाई बराबरीमा रोक्यो

    • ७.
      डाक्नेश्वरीको प्रमुख र उपप्रमुखमा एमाले विजयी

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ३.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    • ४.
      नेपाल ट्यालेन्ट हन्टको अडिसन खुल्ला, ५० लाख जित्ने अवसर

    • ५.
      गठबन्धनलाई हराउँदै एमालेको जित घिरिङ गाउँपालिकामा

    • ६.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • ७.
      झलनाथको निर्वाचन क्षेत्रमा गठबन्धनलाई हराउँदै एमालेका थेबेले बने गाउँपालिका अध्यक्ष

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.