• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement
Advertisement

दलहरुको कल्पनाशीलतामा लागेको ताल्चा र नेपाल बन्द

  •  पवन आचार्य
  • २२ माघ २०७७, बिहीबार २१:१८ प्रकाशित
    Advertisement
    Advertisement

    मुलुकको कार्यकारीले संवैधानिक सीमाहरु अतिक्रमण गर्दै छँदाखाँदाको प्रतिनिधि सभा विघटन गरेर निर्वाचनमा जान गरेको घोषणालाई लिएर समाजका विभिन्न तप्कामा असन्तुष्टि र विरोधमात्रै छैन आक्रोश पनि मिसिएको छ ।

    त्यसमाथि असंवैधानिक ढंगले ल्याएको अध्यादेशका भरमा अपुरो संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका पदाधिकारीमा सिफारिस गरेका ३८ जनालाई संसदीय सुनुवाइबिनै र अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा बुधबार शपथ गराइनुले सल्किएको आगोमा घ्यू थप्ने काम गरेको छ ।  यो विधि–प्रक्रियामाथिको ठाडो बलमिच्याइँ मात्रै हैन पराकाष्ठा हो ।

    लोकतान्त्रिक मूल्य र मान्यताको उपहास हो । जग हँसाई हो । यस्ता खाले कलाबिहीन नाटकले संवैधानिक परिषद् स्वयंको गरिमा तथा नैतिकतामाथि मात्रै हैन जस्केलाबाट पदमा संवैधानिक आयोगहरुमा पुर्‍याइएकाहरु राजनीतिक इबी साँध्ने साजबाज बन्ने हुन् कि भन्ने सन्देह पैदा भएको छ ।

    तर, त्यसलाई सच्याउने बाटो आम हड्ताल हो त ? कदापि हैन । तर पनि किन राजनीतिक दलहरु यही अलोकप्रिय, कठोर र आत्मघाती बन्दकै बाटो रोज्छन् त ? सत्तामा हुँदा बन्दको विरोध गर्नेहरु सडकमा ओर्लनासाथ बन्द रहर नभइ बाध्यता भएको रटान किन लगाउँछन् ? आम हडताल आयोजना आफैंमा अतिवादलाई निम्ता दिनु हो ।

    सरकारले गरेको जालझेलमाथिको विरोधलाई स्वाभाविक भएपनि आम हड्ताल किमार्थ सही ठहर्‍याउन सकिन्न । राजनीतिक टकरावको मोडमा देश उभिएको नागरिकका कारणले नभइ सरकारमा भएको र सडकमा रहेको नेकपाले हो । यसमा मूल जिम्मेवार पनि नेकपाकै नेतृत्व नै हुनुपर्ने हो । तर, यहाँ दुबै पक्षले जिम्मेवारी बिर्सिदिंदा नागरिक पिल्सिनु परेको छ ।

    आफ्नो पार्टीको अन्तर्कलह व्यवस्थापन गर्न अक्षम भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको असंवैधानिक अस्त्र रोज्नु र त्यसलाई असफल तुल्याउन पुष्पकमल दाहाल तथा माधव नेपाल समूहले बन्द हड्तालको बाटो रोज्नु उस्तै हो ।  प्रधानमन्त्रीको असंवैधानिक कदमलाई रोक्न र सच्याउन अन्य माध्यम र बाटाहरु हुँदाहुँदै बन्द आह्वान गरेर दाहाल–नेपाल समूहले जनमतको अवमूल्यन गरेको छ ।

    आफ्नै पार्टीका सहकर्मी र सहयोद्धाविरुद्ध यतिखेर सडकमा पोखिएको असन्तुष्टिमा दैनिक गुजारा गरेर जीविका धानिरहेका बहुसंख्यक नागरिकका समस्या अटाएको छैन ।  हुन त प्रधानमन्त्रीले खोसेको लोकतान्त्रिक विधि र पद्दति अनि संवैधानिक सर्वोच्चतालाई सही ट्रयाकमा ल्याएपछि नागरिकका माग आफैं सम्बोधन हुन्छन् पनि भन्न सकिएला । तर, कोरोनाले आक्रान्त अर्थतन्त्रको त्राण, अकासिएको बजार मूल्य नियन्त्रण, बेरोजगारी व्यवस्थापन, न्यायमाथिको नागरिकको पहुँच लगायतका प्राथमिक विषयलाई चटक्कै बिर्सेर राजनीतिक मिसन मात्रै पूरा गर्न हुने आन्दोलनमा जनसहभागिता हुने कुरै भएन ।

    कुनै समय आफैंले १९ दिनसम्म आमहड्ताल गरेका नागरिक अब फेरि राजनीतिक उद्देश्य प्राप्तिका लागि सोही किसिमको बलिदानी दिने पक्षमा छैनन् । लोकतन्त्रमा बन्दलाई विरोधको निर्विकल्प औजार ठान्नु हुँदैन । बन्द रामवाणै हो भने पनि झिंगा मार्न तोप पड्काए जसरी यसको दुरुपयोग सर्वथा अनुचित छ । सत्तालाई मात्रै अर्जुनदृष्टि बनाउने गलत आचरण कुनै पनि हिसाबले क्षम्य हुन सक्दैन । चाहे त्यो आफूविरुद्ध आउनसक्ने अविश्वासको प्रस्तावलाई छल्न गरिने प्रतिनिधि सभा भंग होस् वा त्यसविरुद्ध गरिने अमानवीय बन्द ।

    यस्ता अराजनीतिक गतिविधिले राजनीतिक दलप्रति जनतामा बढ्दै गएको वितृष्णालाई मलजल गर्ने बाहेक अर्थोक केही गर्दैन । चिनियाँ उखान छ– जहाँनेर तर्कको अन्त्य हुन्छ । त्यहीँबाटै कुतर्कको शुरुवात हुन्छ । बन्द बाध्यता भन्ने तर्क हैन कुतर्क हो ।

    जनताको मन नजित्ने तर सधैं आफ्ना कार्यकर्तालाई मात्रै जनता ठान्ने कुविचार त्याग्न जरुरी छ । अबको आवश्यकता विचारको राजनीतिक हो । विचारले जनमत सिर्जना गर्ने हो आश र त्रासले हैन ।

    -आचार्य रेडियाे कान्तिपुरका न्यूज चिफ हुन् ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
    ३६ जिल्लाका सीडीओकाे सरुवा, को कहाँ पुगे (सूचीसहित)
    ओली भेट्न बालुवाटार पुगे वामदेव गौतम, पार्टी एकता कायम राख्न आग्रह
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      प्रधानमन्त्री ओली आज पोखरा आउँदै

    • २.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ३.
      नेप्सेमा पहिरो

    • ४.
      दमाैली कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच घाइते

    • ५.
      साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने व्यक्ति पक्राउ

    • ६.
      गृह जिल्ला पुगेका प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन

    • ७.
      यस्तो छ अवहेलना मुद्दामा सर्वोच्चमा प्रचण्डले पेश गरेको जवाफ (पूर्णपाठसहित)

    • १.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • २.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ३.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    • ४.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ५.
      संसद पुनस्थापनाः यी पाँच आधार जसले प्रधानमन्त्री ओलीको कदमलाई गलत सावित गर्‍याे !

    • ६.
      सर्वोच्चको फैसलापछि प्रचण्ड र माधवले मनाए खुशीयाली, एकअर्कालाई लड्डु खुवाए !

    • ७.
      संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि सेनाको स्पष्टोक्ति ‘सूक्ष्म आँकलनमा छौँ’

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.