• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

त्रिविकाे अनलाइन कक्षामा सहभागी हुन आग्रह

  •  मेन समाचार संवाददाता
  • १० भाद्र २०७७, बुधबार १८:४३ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोभिड–१९ का कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ भइरहेकाले विद्यार्थीले आ–आफ्नो अध्ययनरत विभाग/स्कूल/क्याम्पसमा सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गरेका हुन् ।

    उनले आफ्नो सम्पर्कमा त्रिविमा अध्ययनरत कुनै विद्यार्थी भएमा सम्पूर्ण अभिभावक, स्थानीय सरकारका प्रतिनिधि, स्थानीय प्रशासन, समाजसेवी, शिक्षाविद् तथा अन्य सबै सरोकारवालालाई समेत पठनपाठनमा विद्यार्थी सहभागी गराउन अनुरोध गरेका छन् ।

    “त्रिविले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा लिने स्थिति नरहेको परिप्रेक्ष्यलाई आँकलन गरी गत चैत्रको तेस्रो सातादेखि नै पठनपाठनको वैकल्पिक विधिबाट कक्षाहरू सञ्चालन गर्न आफ्ना सबै शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूको इमेलको ठेगाना बनाई अनलाइन विधिबाट पठनपाठन सञ्चालन गरिरहेको छ,” उनले भने, “तर हालसम्म पनि कतिपय विद्यार्थीहरू आफू अध्ययनरत विभाग तथा क्याम्पसको सम्पर्कमा नआएको जानकारी प्राप्त हुन आएको हुँदा पठनपाठन तथा स्थगन गरिएको परीक्षा व्यवस्थापन गर्न समस्या भएको छ । त्यसैले चाँडोभन्दा चाँडो विद्यार्थीलाई पठनपाठनमा सहभागी हुन अनुरोध गरिएको हो ।”

    त्रिविका सम्पूर्ण विभाग, स्कूल, क्याम्पस प्रशासन, डीन कार्यालय समेतलाई विद्यार्थीलाई सम्पर्कमा ल्याउने कार्यमा तदारुकता साथ लागि पर्न र विद्यार्थीलाई सम्पर्कका लागि सहज वातावरण मिलाउनु समेत अनुरोध गरिएको छ । त्रिविले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नेपालमा पनि प्रवेश गरेसँगै यसले जनस्वास्थ्यमा पार्ने असरलाई मध्यनजर राखी गत चैत्र ६ गतेदेखि त्रिविमा सञ्चालन भइरहेका सम्पूर्ण पठनपाठन तथा परीक्षाहरू स्थगन गरिएको छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    २ हजार ३ सय अनलाइन सञ्चारमाध्यम दर्ता
    ख्याल गर्नुस्, फेसबुकमार्फत ठगिनुहोला !
    नागरिक एपबाटै सामाजिक सुरक्षा कोषको सेवा लिन सकिने
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै

    • २.
      बालुवाटारमा सरकार र विप्लव समूहबीच औपचारिक वार्ता सुरु

    • ३.
      रोकिएन कालीगण्डकी दोहन : संकटमा शालिग्राम

    • ४.
      फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित [अपडेट]

    • ५.
      बाबुको कुटाइबाट तीन महिने छोराको मृत्यु

    • ६.
      बाइसधाराबाट पक्राउ परेका सुमन सायमी लगायतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    • ७.
      मोरङमा थप एक लाख ३५ हजारलाई खोप लगाइने

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ४.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      एन्फा र गङ्गालाल अस्पतालबीच सम्झौता

    • ७.
      ओली भेट्न बालुवाटार पुगे वामदेव गौतम, पार्टी एकता कायम राख्न आग्रह

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.