• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

काेराेनाकाे जोखिम थाहा पाउन जर्मनीमा सांगीतिक कार्यक्रम !

  •  एजेन्सी
  • १० भाद्र २०७७, बुधबार २१:५३ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    जर्मनीमा सङ्गीतका पारखी र साङ्गीतिक कार्यक्रममा जान रुचाउनेहरू यो सप्ताहान्तमा एउटा रमाइलोका लागि तम्तयार थिए।

    यो युरोपेली देशका वैज्ञानिकहरूले कोरोनाभाइरस महामारीको समयमा बृहत् कार्यक्रममा भाइरस सङ्क्रमणको जोखिमबारे अध्ययन गर्न एकै दिन तीनवटा कन्सर्टको आयोजना गराएका छन्।

    करिब १ हजार ५ सय स्वस्थ स्वयंसेवीहरूले त्यसमा सहभागिता जनाए। यो सङ्ख्या अपेक्षा गरिएकोभन्दा एक तिहाइ मात्रै हो।

    तर हाल विश्वविद्यालयले लेइपजेमा गरेको अध्ययनका प्रमुखले “कार्यक्रम जसरी भयो त्यसबाट आफू एकदमै सन्तुष्ट भएको” बताएका छन्।

    लोकप्रिय गायक तथा गीतकार टिम बेन्ड्ज्को तीनवटै कार्यक्रममा प्रस्तुति दिए।

    एप्रिल महिनाको अन्त्ययता जर्मनीमा सबैभन्दा बढी सङ्क्रमित देखिएकै बेला यो अध्ययनबारे सार्वजनिक भएको हो।

    विगत २४ घण्टामा जर्मनीमा २ हजार जनाभन्दा बढी सङ्क्रमित देखिएका छन्।

    रोबर्ट कोच इन्स्टिट्युटका अनुसार योसँगै जर्मनीमा सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या २ लाख ३२ हजार ८२ पुगेको छ।

    रिस्टार्ट-१९ नाम दिइएको अध्ययनका अनुसन्धानकर्ताहरूले भनेका छन्, “महामारीको बेलामा पनि कस्तो अवस्थामा यस्ता कार्यक्रम गर्न सकिन्छ भन्नेबारे बुझ्न कार्यक्रम गरिएको हो।”

    र फरक-फरक अवस्था बनाएका शनिवारका तीनवटै साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको थियो।

    महामारी शुरू हुनुभन्दा अघिको परिकल्पना गरी सुरक्षाका कुनै उपायविनै पहिलो कार्यक्रम गरिएको थियो।

    दोस्रो कार्यक्रम सरसफाइ र सामाजिक दूरीसम्बन्धी नियमको पालना गरी गरियो भने तेस्रो कार्यक्रममा आधा मानिसहरू सहभागी भए जो एकअर्कासँग डेढ मिटरको दूरी कायम गर्दै उपस्थित भए।

    सबै सहभागीहरूको कोभिड-१९ परीक्षण गरिएको थियो भने उनीहरूलाई मास्क दिइएको थियो र दूरी कायम गरेको हेर्न ट्रेसिङ्ग यन्त्र दिइएको थियो।

    ”हामीसँग राम्रो तथ्याङ्क छ, मनस्थिति राम्रो छ र मास्क लगाउने कुरामा पालना गरिएको अनुशासन र निस्सङ्क्रमण गरिएको कुराबाट हामी एकदमै सन्तुष्ट छौँ,” अध्ययनकर्ता डा. स्टिफन मोरित्जले भने।

    कार्यक्रमहरू आफूले अपेक्षा गरेभन्दा राम्रो भएको गायक बेन्ड्ज्को बताउँछन्।

    “हामीले साँच्चिकै रमाइलो गर्‍यौँ। आश्चर्यलाग्दो तरिकाले राम्रो महसुस गर्‍यौँ,” उनले थपे।

    “मलाई आशा छ यी अध्ययनका नतिजाले दर्शकहरूको अगाडि साँच्चिकै साङ्गीतिक कार्यक्रम गर्नका लागि सघाउने छन्।”

    अध्ययनको प्रारम्भिक नतिजा छिटै आउने अपेक्षा गरिएको छ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    कतारका शेखबाट १ मिलियन युरोसहितको सुटकेस स्वीकारेपछि विवादमा चार्ल्स
    भारतले ई–पासपोर्ट जारी गर्ने
    मुम्बइ हमलाका मास्टरमाइन्डलाई पाकिस्तानमा १५ वर्ष जेल सजाय
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      फतुवा विजयपुर नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध एक करोड ५३ लाख अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा

    • २.
      खोटाङमा विद्यालय गएका छात्र खोलामा मृत फेला

    • ३.
      भोलि नयाँ मन्त्रीहरुको सपथ

    • ४.
      हेटौंडाको बजेट २ अर्ब ७१ करोड

    • ५.
      प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री

    • ६.
      नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताकालागि चीनको सक्रियता सुरु

    • ७.
      प्रेम आलेद्वारा राजीनामा घोषणा (तस्बिरहरु)

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छु: मिस नेपाल वर्ल्ड प्रियंका रानी

    • ४.
      सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार प्रकरण : मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान

    • ५.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ६.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ७.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.