• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

नवलपरासी पश्चिममा ५ दिन निषेधाज्ञा थप

  •  रासस
  • १० भाद्र २०७७, बुधबार २२:२१ प्रकाशित
    Advertisement

    नवलपरासी । भारतीय सीमासँग जोडिएको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा पाँच दिन निषेधाज्ञा थपिएको छ। पछिल्लो पटक कोभिड १९ सङ्क्रमित विरामी बढ्दै गएपछि जिल्ला सुरक्षा समितिको आजको बैठकले आगामी भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

    प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सङ्घीय तथा प्रदेशसभा सदस्यहरु, राजनीतिक दल, जिसस तथा स्थानीय तहका प्रमुखहरुसहितको बुधबारको बैठकले कोभिड १९ को सङ्क्रमण समुदायमा फैलिदैँ गएकोले निषेधाज्ञालाई निरन्तरता दिनुपर्नेमा जोड दिएको थियो।

    कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि साउन ३१ गते राति १२ बजेदेखि लागू भएको निषेधाज्ञा तेस्रो पटक थपिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए।

    यसअघि साउन ३१ गते राती १२ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म र भदौ ६ गते राती १२ बजेदेखि भदौ १० गते राती १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको थियो।

    अझै पनि सङ्क्रमणको अवस्थाबाट मुक्त नभई सकेको तथा समुदाय स्तरमा सङ्क्रमण फैलिने अवस्थालाई न्यूनीकरण गर्न निषेधाज्ञालाई निरन्तरता दिन आवश्यक भएकोले भदौ १५ गतेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी पाठकले जानकारी दिए।

    निषेधाज्ञा अवधिमा कुनै पनि प्रकारको बैठक, भेला, छलफल, सामूहिक जमघट गर्न निषेध गरिएको छ। निषेधाज्ञाको अवधिमा जिल्लाभित्र सञ्चालित बैङ्क, वित्तिय संस्था तथा सहकारीहरुमा अधिकतम रुपमा विद्युतीय सेवामा जोड दिन तथा मानिसको भौतिक उपस्थितिमा दिईने सेवाहरु निषेधाज्ञा अवधिभर स्थगन गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

    बढी जनसम्पर्क हुने कार्यालय÷निकायहरुले अत्यावश्यक सेवाहरु न्यूनतम जनशक्ति परिचालन गरी स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गरी सेवा प्रदान गर्न निर्देशन गरिएको छ।निषेधाज्ञाको उल्लङ्घन गरेमा सुरक्षाकर्मीले प्रचलित कानून बमोजिम कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    पश्चिम नवलपरासीमा हालसम्म १९५ जनालाई कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्ण पोखरेलले जानकारी दिए।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान
    काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
    जो दोहोरिएर चुनाव लड्दा पराजित भए
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Memphis Chat , Free online dating

    • २.
      बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान

    • ३.
      संसद बैठक सुरु, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

    • ४.
      काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    • ५.
      गणनास्थलमा प्रतिनिधिनको नक्कली कार्ड बनाएर छिरेका दुईजना पक्राउ

    • ६.
      एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित स्थानीय निर्वाचानमा

    • ७.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      दुई वडामा एमाले प्यानलै विजयी चितवनमा

    • ३.
      बालेन शाह केशव स्थापितभन्दा दोब्बर मतले अगाडि

    • ४.
      अग्रता बढाउँदै लगे बालेनले काठमाडौं महानगरपालिकामा

    • ५.
      राप्रपाको हैसियतमा सुधार, अहिलेसम्म जित्यो १८ वडाध्यक्ष

    • ६.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ७.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.