• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement
Advertisement

विद्युतीय सवारीसाधनको परीक्षणका लागि उपकरण खरीद गरिँदै

  •  रासस
  • २६ माघ २०७७, सोमबार १३:३५ प्रकाशित
    Advertisement
    Advertisement
    सांकेतिक तस्बिर

    काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण बढिरहँदा भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसि) ले ती सवारीसाधनको जाँच उपकरणबाट गर्ने भएको छ ।

    दुई पाङ्ग्रे र हलुका चार पाङ्ग्रे सवारी साधनको जाँच गर्न उपकरण खरीद अघि बढाइएको छ । ती उपकरणले सवारी साधनको चक्का चलाएपछि कति पावर छ, कति उकालो तान्न सक्छ, कति गतिमा कुद्न सक्छ भन्ने जानकारी दिने केन्द्रका प्रमुख रामचन्द्र पौडेलले बताए ।

    उहाँका अनुसार ती जानकारी कम्प्युटरमा गएर प्रिन्ट गरेर निकाल्न सकिन्छ । केही महिना पहिले ठेक्का सम्झौता भएकामा खरीद गरेर ल्याउने प्रक्रियामा रहेको उनले बताए । यस वर्ष चैत÷वैशाखसम्ममा उपकरण ल्याउने योजना बनाइएको छ । उनले भने, “कोभिडको कारण आउन अलि समय लाग्ने भएकाले हामी पनि लचिलो बनेका छौँ ।”

    चालू आवभित्र खरीद गरेपछि आगामी आवमा त्यसलाई सञ्चालन गर्ने लक्ष्य लिइएको छ । अहिले सरकारले जाँच पास र ‘रोड ओपनियन टेस्ट’ अनिवार्य गरिए पनि परीक्षण मान्छेले आँखाले हेरेर (म्यानुअल) नै हुँदै आएको छ । आगामी दिनमा उपकरणको प्रयोग गरी सवारी साधन सडकमा गुड्नका लागि उपयुक्त होइन भनी जाँच हुने बताइएको छ ।

    मान्छेले हेरेर गरिने परीक्षण भरपर्दो नहुने भएकाले वैज्ञानिक रुपमा परीक्षण गर्न खोजिएको प्रमुख पौडेलले बताए । उनका अनुसार भन्सारबाट आएका विद्युतीय गाडी पहिले बाटोमा चलाउन मिल्ने भनी केन्द्रले प्रमाणित गरेपछि मात्रै यातायात व्यवस्था कार्यालयमा दर्ता हुनेगर्छन् ।

    अहिलेसम्म ह्वाइट गुम्बालगायतका काठमाडौँ उपत्यकाका डाँडामा पुगेर कति उकालोसम्म जान सक्छ भनी जाँच हुने गरेको थियो । सवारी साधनको वास्तविक अवस्था थाहा पाउन र परीक्षणका क्रममा हुनसक्ने गल्ती कम गर्न उपकरण खरीद गर्न लागिएको उनले बताए ।

    उपकरणले इञ्जिनको शक्ति, कति उकालो चढ्न सक्ने भन्ने जानकारी उपलब्ध गराउनेछ । विद्युतीय मात्रै नभएर भन्सारबाट भित्रिने विद्युतीय वा पेट्रोलियम दुवैबाट चल्ने सवारी साधनको ‘रोड ओपिनियन टेस्ट’ उपकरणमार्फत नै गर्ने सेन्टरको तयारी छ । उनले भने, “हामीले विभागसँग सल्लाह गरेर खरीद प्रक्रिया अघि बढाएका छौँ ।”

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    प्रधानमन्त्री ओली आज पोखरा आउँदै
    फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी
    दमाैली कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच घाइते
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      प्रधानमन्त्री ओली आज पोखरा आउँदै

    • २.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ३.
      नेप्सेमा पहिरो

    • ४.
      दमाैली कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच घाइते

    • ५.
      साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने व्यक्ति पक्राउ

    • ६.
      गृह जिल्ला पुगेका प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन

    • ७.
      यस्तो छ अवहेलना मुद्दामा सर्वोच्चमा प्रचण्डले पेश गरेको जवाफ (पूर्णपाठसहित)

    • १.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • २.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ३.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    • ४.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ५.
      संसद पुनस्थापनाः यी पाँच आधार जसले प्रधानमन्त्री ओलीको कदमलाई गलत सावित गर्‍याे !

    • ६.
      सर्वोच्चको फैसलापछि प्रचण्ड र माधवले मनाए खुशीयाली, एकअर्कालाई लड्डु खुवाए !

    • ७.
      संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि सेनाको स्पष्टोक्ति ‘सूक्ष्म आँकलनमा छौँ’

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.