• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

‘प्लाज्मा थेरापी’बाट उपचार गर्न पर्खिरहेको अस्पताल

"मन्त्रालयकाे निर्देशन आउनासाथ उपचार सुरु "
  •  ईश्वर देवकाेटा
  • ११ भाद्र २०७७, बिहीबार ०९:१० प्रकाशित
    Advertisement
    Advertisement
    पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा । तस्बिरः ईश्वर देवकोटा

    पोखरा । नेपालमा प्लाज्मा थेरापी विधिबाट कोरोना भाइरसका संक्रमितको उपचार सम्भव भएको छ । काठमाडौंमा यो विधिबाट बिरामीको उपचार भइसकेको छ ।

    कोरोना भाइरस रोग (कोभिड १९) संक्रमित भएका विराटनगरका ६० वर्षे पुरुषको टिचिङ अस्पताल काठमाडौंमा प्लाज्मा थेरापी विधिको उपचार गरिएको थियो ।

    १० साउनमा भर्ना भएका उनी निको भएपछि २२ गते डिस्चार्ज भएका थिए । प्लाजा थेरापी विधि अपनाउँदा ती बिरामीको निमोनिया ७० प्रतिशत सुधार भएको चिकित्सक बताउँछन् । पहिले ६० प्रतिशत अक्सिजन चाहिएकोमा पछि २८ प्रतिशतमात्र चाहिने देखिएको जनाइएको छ ।

    देशका विभिन्न सरकारी संस्थाहरुमा कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापी विधि प्रयोग भइरहेको खबर आइरहँदा पोखरामा पनि त्यससम्बन्धी प्रक्रिया अघि बढाइएको छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आवश्यक मार्गनिर्देशन माग गर्दै २ साताअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको अनुसन्धान परिषद्मा पत्राचार गरिसकेको छ । कोरोना भाइरस समुदायमा विस्तार हुँदै जोखिम बढ्दै गइरहेकाले उपचारमा प्लाज्मा थेरापी आवश्यक महसुस गरिएको हो ।

    निको भएकाको रगतको प्लाज्मामा कोरोना भाइरसविरुद्ध बनेका एन्टीबडीलाई अरु संक्रमितमा प्रयोग गर्ने विधि विश्वका थुप्रै देशमा प्रयोग गरिएको छ । प्रतिष्ठानले उपलब्ध जनशक्ति र पूर्वाधारको यकीन गरेर मन्त्रालयमा सिफारिस पठाएको निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

    ‘संक्रमितको उपचारमा संक्रमणमुक्त भएकाहरुबाट १ महिनाभित्र प्लाज्मा प्रयोग गर्न मिल्ने प्रक्रियाका लागि चिठी पठाएका छौं,’ उनले भने, ‘मन्त्रालयको निगरानीमा गर्न पाउने व्यवस्था भएकाले त्यसका लागि अघि बढेका हौं ।’ मन्त्रालयमा आवश्यक प्रक्रियाका लागि चिठी पठाइएको भएपनि प्रतिक्रिया नपाएको निर्देशक डा आचार्यले बताए ।

    ‘त्यस किसिमको उपचारका लागि फिजिसियनहरु चाहिने हो । हामीसँग उपलब्ध हुनुहुन्छ । सोहीअनुसार हामीले मन्त्रालयमा जानकारी गराएका छौं,’ उनले भने । मन्त्रालयको निर्देशन कुरेर बसेको निर्देशक डा आचार्यले बताए ।

    प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापाले क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराको समन्वयमा प्लाज्मा थेरापी विधिबाट संक्रमितको उपचार गरिने जानकारी दिए ।

    प्लाज्मा थेरापी र कोरोनाका गम्भीर बिरामीको उपचारमा प्रयोग भइरहेको रेमडिसिभिर औषधिबारे मन्त्रालयमा बुधबार आफूले पनि पत्राचार गरेको उनले बताए ।

    ‘यि २ विधिको राष्ट्रिय निर्देशिका पठाइदिनुपर्‍यो भनेको छु,’ उनले भने, ‘निर्देशक (डा अर्जुन आचार्य)लाई टिम बनाउनुपर्‍यो भनेको छु ।’
    सरकारले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालाई कोरोना डेडिकेटेड अस्पताल तोकेको छ । अस्पतालमा निर्देशककै नेतृत्वमा टिमले काम गरिरहेको भएपनि मेडिसिन सहितको टिम बनाउन निर्देशन दिएको उनले बताए ।

    ‘मैले पत्रमा यहाँ काम गर्न सजिलो छ भनेर जानकारी पनि गराएको छु । यहीँ छेवैमा रक्त सञ्चार केन्द्र छ । रगत छुट्टाउन पनि सजिलो छ । अन्त जान नपर्ने भएकाले हामीलाई सजिलो छ,’ उनले भने ।

    नेपाल सरकारले प्लाज्मा थेरापी उपचार विधिको निर्देशिका तयार गरिसकेको छ ।

    एउटा सरकारी अस्पतालमा सकारात्मक नतिजा आएपछि देशभरका १२ वटा अस्पतालाई सरकारले प्लाज्मा थेरापी विधि प्रयोगको अनुमति दिइसकेको छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले त्यही अनुमति मागेर मन्त्रालयमा पत्राचार गरेको हो ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित उर्मिला अर्याल काे हुन् ?
    बढ्यो पेट्रोलियम पदार्थको मूल्य
    प्रेस चौतारी स्थापना दिवसमा संस्थापक अध्यक्ष एबं पुर्वअध्यक्ष सम्मानित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले

    • २.
      सासू कुट्ने दुई बुहारीलाई तीन महिना कैद

    • ३.
      राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित उर्मिला अर्याल काे हुन् ?

    • ४.
      बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    • ५.
      Camsoda Evaluation 2021 ? Is Camsoda Actually Worth It?

    • ६.
      राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने

    • ७.
      एमालेको केन्द्रिय समिति बैठकको पहिलो अजेन्डा: निर्वाचन समिक्षा

    • १.
      क्यानडा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि ‘ज्ञान’को ‘वेभिनार’

    • २.
      लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धारः आईओएम

    • ३.
      क्यान बैठक : अध्यक्ष चन्दसहित ५ जनाको राजीनामा माग्दै बहिस्कार

    • ४.
      पाथिभरा माताले सबैको कल्याण गरुँन्, हेर्नुस् यस्तो छ तपाइँको आजको दैनिक राशिफल

    • ५.
      न‍ेपाल प्रहरीका ९५ एसपीको सरुवा, को कहाँ पुगे ?

    • ६.
      हिलो ‘इण्डियन आइडल’ अभिजितदेखि पछिल्लो संस्करणका विजेता पवनदिपसम्म कोही सक्रिय, कोही गुमनाम

    • ७.
      राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि पर्यो निवेदन

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.