• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement
Advertisement

ख्याल गर्नुस्, फेसबुकमार्फत ठगिनुहोला !

  •  मेन समाचार संवाददाता
  • ५ फाल्गुन २०७७, बुधबार ०९:४८ प्रकाशित
    Advertisement
    Advertisement

    बागलुङ । गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन् ।

    लगत्तै उनले अपरिचित नम्बरबाट फोन गर्छन् र बुढामगरलाई भन्छन्, “मैले जेजे भन्छु, त्यही ‘रिप्लाई’ दिनु ।” त्यसपछि अर्को ह्वाट्सएप नम्बरमार्फत उनीहरुबीच कुराकानी हुन्छ । सो क्रममा ती व्यक्तिले बुढामगरलाई ल्यापटपको प्याकेज र रु ६० हजार डलरको चिठ्ठा परेको सुनाउँछन् ।

    उक्त सामान र नगद पाउन करबापत अग्रिम रकम बुझाउनुपर्ने शर्त राख्छन् । अब भने चिठ्ठा र मूल्यवान सामानको प्रलोभनमा पारिनुभएकी २० वर्षीया बुढामगरको ठगिने शृङ्खला शुरु हुन्छ ।

    आइएमई र आइपिएस कनेक्टमार्फत उनले रकम पठाउन थाल्नहुन्छ । पहिलोपटक असोज १४ गते सन्तोष श्रेष्ठका नाममा बुढामगरले ५६ हजार पठाउँछन् ।

    असोज १६ गते पुरुषोत्तम वाग्लेका नाममा एक लाख ५० हजार, १९ गते वाग्लेकै नाममा दुई लाख र २२ गते प्रदीप सिटौलाको एनआइसी एसिया बैङ्कको खातामा तीन लाख ५५ हजार जम्मा गर्छन् ।

    पटकपटक गरी बुढामगरले सात लाख ६१ हजार बुझाउँछन् तर चिठ्ठाको रकम र ल्यापटप भने हात पर्दैन । प्रलोभन देखाएर ठग्नेहरु भने अझै रकम बुझाउन बुढामगरलाई अनुरोध गरिरहन्छन् ।

    भनेजति पैसा पठाउँदा र लामो समय बित्दासमेत चिठ्ठा र सामान नपाएपछि आफू ठगिएको महसुस बुढामगरलाई हुन्छ । उनले कात्तिक ३ गते प्रहरीमा जाहेरी दिन्छन् । प्रहरीले अनुसन्धान थाल्छ ।

    उक्त ठगी धन्दामा संलग्न रहेको आरोपमा छ जना प्रतिवादीलाई विभिन्न मितिमा प्रहरीले पक्राउ गर्छ । यसरी फेसबुक र ह्वाट्सएपमार्फत अनेक प्रलोभन देखाएर रकम ठगी गर्ने व्यक्तिहरु प्रहरीको फन्दामा पर्छन् । पीडित बुढामगरमा न्यायको आश जाग्छ ।

    जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार उक्त सङ्गठित ठगीको घटनाका आरोपितलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा तनहुँको देवघाट नगरपालिका–५ का ३७ वर्षीय पुरुषोत्तम वाग्ले, नवलपरासीको गैँडाकोट नगरपालिका–१६ बस्ने वर्ष ४२ को दिनेश पोखरेल, झापाको मेचीनगरका २४ वर्षीय प्रदीप सिटौला र रुकुमपूर्वको भूमे गाउँपालिका–३ का २२ वर्षीय सन्तोष श्रेष्ठ छन् ।

    यस्तै झापाको गौरदह नगरपालिका–५ का २९ वर्षीया मिलन क्षत्री र वाग्लेसँगको बयानका क्रममा पाकिस्तानी नागरिकले प्रयोग गर्ने सम्पर्क नम्बर खुलेपछि अनुसन्धानका क्रममा हाल काठमाडौँ महानगरपालिका–१६ वसन्तुपर गुम्बामा बस्ने पाकिस्तानी नागरिक फक्राउ परेका छन् ।

    सम्बन्धित जिल्लामा रहेका प्रहरी कार्यालय/एकाइसँगको समन्वयमा खोजतलास गरी प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    विदेशी नागरिकसमेतको संलग्नतामा तीनभन्दा बढी व्यक्ति मिलेर ठगी गरेकाले सङ्गठित अपराधको मुद्दा चलाई अनुसन्धान थालिएको जिप्रकाका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

    पक्राउ परेकासँग लिइएको बयानका क्रममा उक्त सङ्गठित ठगीको घटनामा थप चार जना संलग्न रहेको पाइएको र उनीहरुको खोजतलास भइरहेको उनको भनाइ छ ।

    “फरारमध्ये दुई जना मलेशिया र दुई जना भारतमा रहेको बुझिएको छ, हामी थप अनुसन्धान गर्दैछौँ”, प्रउ श्रेष्ठले भने । सङ्गठित ठगीको कसुर प्रमाणित भएमा न्यूनतम पाँच वर्षसम्म कैद हुनसक्ने उनको भनाइ छ ।

    पछिल्लो समय नेपालमा सामाजिक सञ्जालमार्फत हुने ठगीका घटना बढेको भन्दै प्रउ श्रेष्ठले आम नागरिक सचेत हुन जरुरी रहेको बताए । उनले त्यस्ता कुनै शङ्कास्पद घटना भएमा तुरुन्त प्रहरीकहाँ आउन सुझाव दिए। रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    प्रधानमन्त्री ओली आज पोखरा आउँदै
    फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी
    दमाैली कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच घाइते
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      प्रधानमन्त्री ओली आज पोखरा आउँदै

    • २.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ३.
      नेप्सेमा पहिरो

    • ४.
      दमाैली कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच घाइते

    • ५.
      साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने व्यक्ति पक्राउ

    • ६.
      गृह जिल्ला पुगेका प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन

    • ७.
      यस्तो छ अवहेलना मुद्दामा सर्वोच्चमा प्रचण्डले पेश गरेको जवाफ (पूर्णपाठसहित)

    • १.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • २.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ३.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    • ४.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ५.
      संसद पुनस्थापनाः यी पाँच आधार जसले प्रधानमन्त्री ओलीको कदमलाई गलत सावित गर्‍याे !

    • ६.
      सर्वोच्चको फैसलापछि प्रचण्ड र माधवले मनाए खुशीयाली, एकअर्कालाई लड्डु खुवाए !

    • ७.
      संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि सेनाको स्पष्टोक्ति ‘सूक्ष्म आँकलनमा छौँ’

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.