• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

नेपाल प्रहरीको मोबाइल एप सार्वजनिक

  •  मेन समाचार संवाददाता
  • ११ भाद्र २०७७, बिहीबार १९:४७ प्रकाशित
    Advertisement

    पोखरा । नेपाल प्रहरीले आम नागरिकको प्रयोगका लागि मोबाइल एप निर्माण गरेको छ । ‘नेपाल पुलिस मोबाइल एप’ ३ जिल्लाबाट एकैसाथ बिहीबार सार्वजनिक गरिएको हो । पहिलो चरणमा कास्की, मोरङ र ललितपुर जिल्लामा एप अपरेटिङ हुने छ ।

    कास्कीमा एप सार्वजनिक गर्दै प्रहरी प्रमुख तथा एसपी जीवनकुमार श्रेष्ठले प्रहरी र नागरिकबीचको दुरी कम गर्न सघाउ पुग्ने बताए । समुदायमा घट्ने अपराधिक क्रियाकलापहरुको छिटो छरितो तरिकाबाट प्रहरीसमक्ष सूचना पुर्‍याउन सकिने उनले बताए ।

    अपराध नियन्त्रण, अनुसन्धान र प्रतिवादी फरार हुनबाट उम्कन नदिन एपको सहायताबाट नागरिकले दिएको सूचनाले प्रहरीलाई सहयोग पुग्ने एसपी श्रेष्ठले सुनाए ।

    ‘यो तत्काल रेस्पोन्सको लागि प्रभावकारी हुनेछ,’ उनले भने, ‘कुनैपनि घटनाको अडियो, भिडिओ र त्यससम्बन्धी विवरण लेखी एपबाटै प्रहरीकहाँ सूचना दिन सकिन्छ ।’ नागरिकले दिएको सूचना अत्यन्तै गोप्य रहने एसपी श्रेष्ठले जानकारी दिए ।

    ‘हेड अफिसमै त्यससम्बन्धी कन्ट्रोल रहनेहुँदा गोपनीयता सुनिश्चित हुन्छ । जिल्ला कार्यालयमा २४ घन्टा खटिने कर्मचारीको टोलीले सूचनाको आधारमा सम्बोधन गर्छ,’ उनले भने ।

    नागरिकले दिएका सूचना स्वरुपका सामग्रीलाई प्रमाणको आधार बनाई घटनालाई छरितो तवरबाट अनुसन्धान गर्न सकिने प्रहरीको विश्वास छ । कानुनी प्रक्रियाका लागि भने अपराध संहिताअनुसार नै कार्यालयमा निवेदन दिनुपर्ने प्रावधान भने यथावत् नै रहेको एसपी श्रेष्ठले स्पष्ट पारे ।

    एप प्रयोग विधिबारे गण्डकी प्रदेशका प्रहरी निरीक्षक गजेन्द्र आचार्यले जानकारी गराएका थिए । एप एन्ड्रोइड र आइओएस भर्सन दुबैमा उपलब्ध रहेको उनले बताए । नाम, इमेल र फोन नम्बर रजिस्टर गरेपछि एपमा उपलब्ध फिचरको सहायताले प्रहरीलाई सूचना दिन सकिने छ ।

    जिपिएसका आधारमा सूचिकर्ता रहेको स्थान प्रहरीलाई सहजै थाहा हुने छ । प्रहरी कन्ट्रोल रुम १०० मा उपलब्ध सुविधाको जस्तै एपमा सम्प्रेषित सूचना जिपिएसमार्फत सम्बन्धित जिल्लामै पुग्नेछ ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    जनयुद्ध दिवसमा विदा दिने निर्णयविरुद्ध सर्वोच्चले रिट दर्ता गर्ने
    BitCoin payment Is Available | Synthroid 50 mcg best pills | Worldwide Shipping BitCoin payment Is Available | Synthroid 50 mcg best pills | Worldwide Shipping
    विमानस्थलका कर्मचारीसँग मन्त्री किराँतीका १२ प्रश्न
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      CMT Thrive Summit Dating With A Disability HNF

    • २.
      Shailene Woodley Reacts To Aaron Rodgers Dating Mallory Edens

    • ३.
      Wicca, Pagan, Goddess Info Wiccan Supplies Celtic Connection

    • ४.
      5 Ways To Block Adult Sites

    • ५.
      17 Waiters And Bartenders Share The Story Of The Most Awkward Date They’ve Served

    • ६.
      कांग्रेसले टुङ्गयो मन्त्रीको नाम, कुन मन्त्रालयमा को मन्त्री ?

    • ७.
      ‘एमाले त ढुंगामाथि बसेर मुर्चुङ्गा बजाएर आनन्द लिईरहेको छ’ : केपी शर्मा ओली

    • १.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • २.
      यात्रु अभावले उडान बन्द

    • ३.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • ४.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ५.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ६.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ७.
      पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् तपाईको आजको राशिफल

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.