• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

प्रचण्डको सत्ता महत्वाकाङ्क्षाले पार्टी खण्डहर बन्योः परराष्ट्रमन्त्री ज्ञवाली

  •  मेन समाचार संवाददाता
  • १० फाल्गुन २०७७, सोमबार २०:१८ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सत्ता र पदको महत्वकाङ्क्षाका कारण लोभलाग्दो पार्टी एउटा खण्डहरजस्तो बनेको बताएका छन् । उनले पार्टीलाई गुटहरुको संयुक्त मोर्चाभन्दा माथि उठाउन नसकेका कारण नेकपा धमिराले खाएको खाग जस्तै हुने अवस्थामा पुगेको बताए ।

    नेकपा जिल्ला कमिटी गुल्मीले आज तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री ज्ञवालीले केही नेताहरुको घेराबन्दीका कारण मुलुकको राष्ट्रिय राजनीति बलियो बन्न नदिएको तर्क गरे । उनले यस्तो प्रकारको घेराबन्दीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकमा हासिल गरेका केही मूल्यहरुलाई समाप्त पार्न खोजेको बताए ।

    “मुलुकले थालेका समृद्धिका अभियानहरुलाई निरन्तर अगाडि बढाउने कि ? फेरि मुलुकलाई आन्दोलनका नाममा अन्तहीन एउटा अस्थिरतामा लैजाने ? स्थिरता कि, अस्थिरता ?”, मन्त्री ज्ञवालीले प्रश्न गरे ।

    उनले वर्तमान अवस्थामा मुलुकले खोजेको संसद्को स्थिरता नभई सरकार र नीतिको स्थिरता भएको बताए । सरकार स्थिर भएमा नीति स्थिर हुने, नीति स्थिर भएमा निर्णयहरु स्थिर हुने र निर्णय स्थिर भएमा मुलुकको विकासले एउटा गति लिने उनले बताए ।

    विद्यमान कानून नियम, संसारका प्रचलन र अभ्यासबाट मुलुक अब ताजा जनादेशमा जान थालेको भन्दै मन्त्री ज्ञवालीले केपी ओलीको नेतृत्वमा अब सूर्य चिह्नसहित चुनावमा होमिने कार्यकर्तामाझ स्पष्ट पारे । उनले पार्टीभित्रको विचौलिया राजनीति र घेराबन्दीलाई तोड्दै कार्यकर्तालाई चुनावी तयारीमा लाग्नसमेत निर्देशन दिएका छन् ।

    परराष्ट्रमन्त्री ज्ञवालीले वर्तमान सरकार संविधानभन्दा बाहिर रहेका असन्तुष्ट पक्षहरुलाई समेटेर राष्ट्रिय राजनीतिलाई एउटा नयाँ गति दिन चाहेको बताएका छन् ।

    कार्यकर्ता भेलामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले गल्ती गर्नेलाई क्षमा दिने बताउँदै अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गल्ती गरेको भन्दै उहाँहरु सच्चिएर आए आफूहरुले क्षमा दिने बताएका हुन् ।
    सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउने रहेको उनको भनाई छ । रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)
    प्रचण्ड–माधव पक्षका नेताहरु निर्वाचन आयोगमा, दलविवाद चाँडै निरुपण गर्न ध्यानाकर्षण
    अब नेपालमा हिंसात्मक द्वन्द्व छैनः प्रधानमन्त्री ओली
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)

    • २.
      प्रचण्ड–माधव पक्षका नेताहरु निर्वाचन आयोगमा, दलविवाद चाँडै निरुपण गर्न ध्यानाकर्षण

    • ३.
      अब नेपालमा हिंसात्मक द्वन्द्व छैनः प्रधानमन्त्री ओली

    • ४.
      प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहको निर्णय

    • ५.
      सहमतिप्रति प्रतिवद्ध छौँ, तर हस्तक्षेप स्वीकार छैनः विप्लव

    • ६.
      विप्लव र सरकारबीच तीन बुँदे सहमतीमा हस्ताक्षर

    • ७.
      प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे विप्लव

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ७.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.