काठमाडौँ । राजनीतिक विश्लेषक तथा नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले सर्वोच्चको फैसला ठुलो ओलीलाई राजगद्दीबाट ओरालेर सानो ओलीलाई राजगद्दीमा उकाल्नु भएको टिप्पणी गरेका छन् ।
मंगलबार सर्वोच्चको फैसलापछि संग्रौलाले सामाजिक संजालमार्फत उक्त अभिव्यक्ति दिएका हुन् । उनले देशमा ओलीको अन्त्य भएपनि ओली प्रवृत्तीको अवशेष बाँकी रहेको संकेत गरेका हुन् ।
उनले यसपछि सत्तामा आउनेहरु पनि सानो ओली भएको र ती बिस्तारै छिप्पिएर ठुलो ओली बन्ने बताएका छन् ।
‘सर्वोच्च अदालतको फैसला ठूला ओलीलाई राजगद्दीबाट ओरालेर साना ओलीलाई राजगद्दीमा उकाल्नु हो ’, उनले लेखेका छन्, ‘आखिर राजगद्दीमा सानो ओली छिप्पिएर ठूलो ओली बन्ने त हो ! हैट्,राजगद्दीमा सढाउ ओलीपछि फेरि सढाउउन्मुख ओली ।’
सर्वाेच्च अदालतकाे फैसला ठूला अाेलीलाई राजगद्दीबाट अाेरालेर साना अाेलीलाई राजगद्दीमा उकाल्नु हाे?अाखिर राजगद्दीमा सानाे अाेली छिप्पिएर ठूलाे अाेली बन्ने त हाे!हैट्,राजगद्दीमा सढाउ अाेलीपछि फेरि सढाउउन्मुख अाेली!
— Khagendra Sangroula (@belakoboli) February 23, 2021
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको केही दिनपछि नागरिक समाज पनि सडक संघर्षमा उत्रिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक दाबी गर्दै नागरिक समाज आन्दोलनमा उत्रिएको थियो । उक्त आन्दोलनमा स्वयम् खगेन्द्र संग्रौला पनि सहभागी भई नेतृत्व गरेका थिए ।