काठमाडौँ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई सर्वोच्चले बदर गरेपछि आन्दोलनरत नेकपा (प्रचण्ड–माधव पक्ष)ले खुशीयाली मनाएका छन् ।
सर्वोच्चको फैसलासँग भेट गरेका प्रचण्ड र माधव नेपालले कार्यकर्ताहरुसहित खुशीयाली मनाएका हुन् ।
अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले एकअर्कालाई मिठाई खुवाउनुका साथै अबिर माला गरेका छन् ।
संसद विघटन बदर भएलगत्तै कार्यकर्ताहरुले सडकमा उत्रिएर उत्सव मनाएका छन् ।