काठमाडौं । गायिका अन्जु पन्तले विवाह गरेकी छन् ।
४ वर्षको प्रेम सम्बन्धपछि गायिका पन्त र पुराना संचारकर्मी थिर कोइराला बैवाहिक बन्धनमा बाँधिएका हुन् ।
बुधवार काठमाडौंको एक चर्चमा अन्जु र थिरले क्रिश्चियन परम्परा अनुसार विवाह गरेका हुन् ।
पन्त र कोइराला दुवै क्रिश्चियन धर्म मान्दछन् ।
अन्जु र थिर माघ महिनामै विहे गर्ने तयारीमा थिए । पछिल्लो समय दुवैजनाले मिडियामा आफ्नो प्रेम सम्बन्ध बारे बोल्दै आएका थिए ।