• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

समृद्धिका लागि स्थिरता आवश्यक छः शेखर गोल्छा

  •  रासस
  • १२ फाल्गुन २०७७, बुधबार १९:२१ प्रकाशित
    Advertisement
    Advertisement

    पर्वत । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकको समृद्धिका लागि स्थिरता र स्थायित्व हुनुपर्ने बताएका छन् ।

    पर्वत उद्योग वाणिज्य सङ्घको २८ औँ साधारण सभा तथा १७ औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले मुलुकमा स्थिर सरकार, राजनीतिक स्थिरता र स्थायित्व काम भएमा मात्र समृद्धिको वातावरण बन्ने बताए ।

    अध्यक्ष गोल्छाले मुलुकमा आर्थिक विकासका थुप्रै सूचकको प्रचुर सम्भावना रहे पनि लगानीको अभाव रहेको बताउँदै अस्थिरताका कारण जोखिम बढ्दै गएको बताएका छन् । “जबसम्म मुलुकले राजनीतिले स्थायित्वको मार्ग पक्डदैन, मुलुकको समृद्धिका लागि राजनीतिक दलहरु एकजुट हुन सक्दैनन्, तबसम्म उद्योग, कलकारखानामा लगानी गर्न कोही पनि तयार हुँदैन”, उनले भने, “व्यवसायीको सुरक्षाका लागि राज्य गम्भीर बन्नुपर्दछ ।” अध्यक्ष गोल्छाले राज्यले लगानीको सुनिश्चितता गर्ने, लगानीकर्तालाई प्रवर्द्धन गर्ने र उनीहरुको सुरक्षाको ग्यारेण्टी लिनुपर्नेमा जोड दिए ।

    उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुकका उद्योगी, व्यवसायीको सुरक्षाका लागि महासङ्घ निरन्तर सक्रिय रहेको बताउँदै निजी क्षेत्रनै मुलुकको समृद्धिको प्रमुख साझेदार रहेको उल्लेख गरे । राज्यले जिम्मेवारी लिने हो भने लगानीको अभाव नहुने उललेख गर्दै उनले उद्योग, पर्यटन, कृषि क्षेत्रको लगानीबाट नै मुलुक समृद्ध बन्न सक्ने बताए ।

    जिल्ला समन्वय समिति पर्वतका अध्यक्ष मनोहर बी पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि तीन खम्बे अर्थनीतिलाई अबलम्वन गर्नुपर्ने बताउँदै सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालित आयोजना नै दिगो हुने धारणा व्यक्त गरे ।

    कार्यक्रममा फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्मा, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, पैंयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेलगायतले मुलुकको विकास र समृद्धिका लागि सबै दलले एकतावद्ध भएर आगाडि बढ्नुपर्ने बताए ।

    Share this:

    • Twitter
    • Facebook
    • Pinterest
    • WhatsApp
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    नेप्सेमा सामान्य वृद्धि, बजार पूँजीकरण ३६ खर्ब ८९ अर्ब ६९ करोड
    यति एयरलाइन्समा स्वास्थ्य मापदण्ड कडाइ
    अर्थ समितिद्वारा आगामी बजेट तयारी सम्बन्धमा छलफल
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      ओली र नेपालबीचको वार्ता सकियो, वार्ताको निष्कर्ष गोप्य !

    • २.
      नक्कली पिसिआर प्रकरण : दुई घण्टामै घर–होटलमा रिपोर्ट पुर्‍याउथे

    • ३.
      धरहराकाे ३ सय ३० किलोको गजुरमा ९५ तोला सुन

    • ४.
      नक्कली पिसीआर रिपोर्ट बुझाउने १२२ यात्री विमानस्थलबाट फर्काइए

    • ५.
      लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई आयोगको स्पष्टीकरण

    • ६.
      अस्ट्रेलियासहित पाँच देशमा विद्यार्थी भिसाका लागि एनओसी जारी स्थगित

    • ७.
      ओली-नेपालबीच मेरियट हाेटलमा वार्ता

    • १.
      मन्त्रिपरिषद्को निर्णयः विद्यालय सहित भिडभाड हुने क्षेत्रहरु बैशाख मसान्तसम्म बन्द

    • २.
      मुख्यमन्त्री गुरुङद्वारा चैतेदशैँ पर्वको शुभकामना

    • ३.
      काेराेना नियन्त्रण गर्न जारी गरेकाे सरकारी आदेशमा केके छ ?

    • ४.
      उघ्रिँदै छ पुननिर्मित धरहराको घुम्टो (तस्बिरहरु)

    • ५.
      सर्वसाधारण ‘झुक्याउने’ सरकारी सूचना, कोरोना बढ्दै गर्दा अन्योलमा अभिभावक

    • ६.
      शीतल कादम्बिनी अर्थात् सफल सर्जक

    • ७.
      शनिबारको हावाहुरीले त्रिशुली नदीको निर्माणाधीन पुल उडायो

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.