काठमाडौँ । सरकारले फागुन २३ गते प्रतिनिधि सभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशनका बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधि सभा पुनस्थापन गर्दै फैसलाको १३ दिनभित्र संसद अधिवेशन बोलाउन निर्देशन दिएको थियो ।
आफ्नो कदम असंवैधानिक ठहर भएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको सामना गर्ने बताइसकेका छन् ।