काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार ७ सय कममा कारोबार भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतिलतोला ९७ हजार ६ सय रुपैयाँ थियो । शुक्रबार घटेर ९६ हजार ९ सयमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँ मूल्य काम भएको छ । चाँदीको मूल्यमा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १ हजार ३ सय ४५ मा कारोबार भएको चाँदी शुक्रबार १ हजार ३ सय ४० रुपैयाँ प्रतितोला कायम गरिएको महासंघले जनाएको छ ।