धरान । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार बिहान २ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।
मोरङ बेलबारी नगरपालिका वडा ५ की ५६ वर्षीया महिला र झापा दमक नगरपालिका वडा ३ का ८३ वर्षीया पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए ।
उनीहरुमध्ये बेलबारीकी महिलालाई अत्यधिक खोकी र स्वासप्रश्वासमा समस्या थियो । भदौ ९ गते कोरोना पुष्टि भएपछि उनलाई अस्पताल लगिएको थियो । झापा दमकका पुरुषलाई भने भदौ ३ गते कोरोना पुष्टि भएको थियो ।
शव व्यवस्थापन गर्ने तयारी भइरहेको जनाइएको छ ।