• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

  •  मेन समाचार संवाददाता
  • १९ फाल्गुन २०७७, बुधबार १०:५० प्रकाशित
    Advertisement
    Advertisement

    पोखरा । पोखरा महानगरपालिकाले स्थापना गरेको पोखरा प्रज्ञा प्रतिष्ठानका नव नियुक्त कुलपतिसहित सदस्यहरुले बुधबार सपथ ग्रहण गरेका छन् ।

    पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाललाई सपथ गराएका थिए भने कुलपति ढकालले सदस्यहरुलाई सपथ गराएका थिए ।

    प्राज्ञ सदस्यमा लोकदोहोरी गायक जीवन दाहाल, जनवादी गायक कृष्ण भण्डारी, साहित्यकार प्रकाश ज्ञवाली, कलाकार मिलन शेरचन, कवि सरस्वती श्रेष्ठ र संगीतकार दीलीप गायक छन् ।

    प्रज्ञा प्रतिष्ठानमा उपकुलपति र दुई सदस्य रिक्त छन् । ती पदमा पछि नियुक्त गरिने महानगरले जनाएको छ । ११ सदस्यीय सांगठनिक ढाँचाको महानगर प्रज्ञा प्रतिष्ठानमा २ जना कार्यपालिका बोर्ड सदस्य समेत रहनेछन् भने महानगरकै प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने महानगर प्रज्ञा प्रतिष्ठान ऐनले व्यवस्था गरेको छ ।

    सपथ ग्रहण कार्यक्रममा बोल्दै महानगर प्रमुख जिसीले पोखरा महानगर भित्रका भाषा, साहित्य, संस्कृति, कला, नाटक तथा संगीतको संरक्षण र सम्वद्र्धन गर्न प्रतिष्ठान स्थापना गरेको बताए । जिसीले पोखराको कला, साहित्य, संस्कृति लगायत सम्पूर्ण विधिको संरक्षणमा प्रतिष्ठानले सरोकारवालसँग छलफल गरेर गुरुयोजना निर्माण गर्न आग्रह गरे ।

    नेपालका ७ सय ५३ स्थानीय तह मध्य प्रतिष्ठान गठन गर्ने पहिलो बनेको भन्दै प्रमुख जिसीले सुरुवाती चरणमा केही कमजोरी हुन सक्ने भन्दै त्यसलाई सच्याउँदै जाने बताए । उनले नव नियुक्त कुलपतिसहित सदस्यहरुलाई पोखरा प्रज्ञा प्रतिष्ठानलाई उदाहरणीय बनाउन आग्रह गरे ।

    पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा कला, संगीत, साहित्य र संस्कृतिको उर्वर भूमि भएको बताउँदै सबैलाई एकीकृत गरेर महानगरको पुँजी बनाउन प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताइन् । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव महेश बरालले विशेष गरी गण्डकी प्रदेशका साहित्य, कला, संस्कृति र संगीतलाई मूल प्रवाहमा ल्याउनलाई प्रतिष्ठानले काम गर्नुपर्ने बताए ।

    नव नियुक्त कुलपति पदमराज ढकालले प्रतिष्ठानको उद्देश्य अनुरुप अगाडि बढाउने बताए । उनले पोखरामा सिर्जना ग्राम र सांस्कृतिक ग्राम आवश्यक भएकाले ग्राम स्थापना गर्न प्रतिष्ठानले पहल गर्ने बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखरा प्रज्ञा प्रतिष्ठान गठन पोखरा महानगरपालिकाको ऐतिहासिक कदम भएको बताए । उनले पोखराको कला, साहित्य, संगीत र संस्कृति संरक्षणमा प्रज्ञा प्रतिष्ठान कोषेढुंगा सावित हुने बताए ।

    पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ सिफारिस समितिका संयोजक तथा वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र बराल, सदस्य मनकुमार श्रेष्ठले पोखरा प्रज्ञा प्रतिष्ठानको बारेमा बोलेका थिए । सिफारिस समितिमा वडा नम्बर ७ का अध्यक्ष बराल संयोजक, पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडेल र विज्ञका रुपमा मनकुमार श्रेष्ठ सदस्य थिए ।

    देश संघीय संरचना गएपछि पहिलो पटक पोखरा महनगरले प्रज्ञा प्रतिष्ठान ऐन ल्याएको थियो । पोखरा महानगरपालिकाको प्रज्ञा प्रतिष्ठान ऐन २०७६ को दफा ८ बमोजिम गठित सिफारिस समितिले गत असोजमा गरेको सिफारिसका आधारमा ढकाल कुलपति अन्य ६ जना सदस्यमा नियुक्त भएका हुन् । समितिले ११ जनाको नाम सिफारिस गरेको थियो ।

    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    ८ सय ४३ जनामा सङ्क्रमण पुष्टि, २२६ डिस्चार्ज
    प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
    त्रिकोणात्मक टी–२० सिरिजः नेदरल्याण्ड्सले नेपाललाई दियो १३७ रनको लक्ष्य
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      ८ सय ४३ जनामा सङ्क्रमण पुष्टि, २२६ डिस्चार्ज

    • २.
      विद्यालय बन्द गरि अनलाइन कक्षा संचालन गर्न सीसीएमसीको सिफारिस

    • ३.
      ‘फ्लोर क्रस’ गर्ने कर्णालीका सांसद एमालेको साधारण सदस्य समेत नरहने गरि निष्कासित

    • ४.
      प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

    • ५.
      त्रिकोणात्मक सिरिजः कुशल र आशिफ चम्किँदा नेपाल ९ विकेटले विजयी

    • ६.
      भारतबाट फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण

    • ७.
      कल्याणपुर नगरपालिकाको तालाबन्दी नखुल्दा सेवाग्राही मारमा

    • १.
      नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    • २.
      सर्वसाधारण ‘झुक्याउने’ सरकारी सूचना, कोरोना बढ्दै गर्दा अन्योलमा अभिभावक

    • ३.
      खोटाङमा ‘हिरासत पुस्तकालय’ अभियान

    • ४.
      दोस्रो चरणको खोप वैशाख ७ देखिः कहिले कसको पालो ? खोप केन्द्र कहाँ ?

    • ५.
      सीसीएमसीको बैठकः कम्तिमा तीन साता शैक्षिक संस्था बन्द गर्न सरकारलाई सिफारिस

    • ६.
      प्रदेश सरकार संकटमा परेपछि गण्डकीका मुख्यमन्त्री गुरुङ काठमाडौँमा

    • ७.
      शीतल कादम्बिनी अर्थात् सफल सर्जक

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.