काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । पुनस्थापित प्रतिनिधि सभाको पहिलो बैठकको सन्दर्भमा छलफल गर्नका लागि काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक शुक्रबारका लागि डाकिएको बताइएको छ ।
राष्ट्रपति विद्यादेवि भण्डारीले फागुन २३ गतेका लागि प्रतिनिधि सभाको बैठक आह्वान गरिसकेकी छन् । सो बैठकमा नेपाली काँग्रेस कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि २१ गते संसदीय दलको बैठक बोलाइएको हो ।
प्रतिनिधि सभा पुनस्थापनापछि विकसित राजनीतिक माहोलमा काँग्रेस निर्णायक बनेपछि सो बारेमा काँग्रेसले आन्तरिक छलफललाई तीब्र बनाएको छ ।