काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले संसदीयल दलको उपनेता सुवास नेम्बाङसहित ७ जनालाई जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको छ ।
बुधबार पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले संसदीय दलको उपनेता सुवास नेम्बाङ, सचेतक शान्ता चौधरी, , विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई पनि निलम्बनको निर्णय गरेको छ । उनीहरुले पार्टी हित विपरीत गतिविधि गरेकाले कारबाही गरेको प्रचण्ड–माधव समूहको भनाइ छ ।
बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय गरिसकेको छ ।