• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

विनोद पोखरेलको सफलताको कथाः पोल्ट्री फार्म संचालकदेखि सफल व्यवसायीसम्म

  •  रासस
  • २० फाल्गुन २०७७, बिहीबार १०:१७ प्रकाशित
    Advertisement
    Advertisement
    तस्बिरः रासस

    नारायण अधिकारी

    चितवन । निरन्तर मेहनत गर्यो भने सफलतामा पुगिन्छ भन्ने उदाहरण चितवनका व्यवसायी विनोद पोखरेलले देखाएका छन् । पूर्वी चितवनको रत्ननगरका पोखरेललाई २६ वर्षको कठोर परिश्रमले आज देशकै अग्रणी पोल्ट्री व्यवसायी बनाएको छ ।

    कुखुरापालन व्यवसायमा दानादेखि चल्ला हुँदै अण्डा र मलसम्मको उत्पादन र बजारीकरणमा उनको नेतृत्वको दाउन्ने कर्पोरेट सफल भएको छ । यसअन्तर्गत किसान दाना उद्योग, दाउन्ने भेट फर्मा, दाउन्ने एग्रो, किसान एग्रो, एडभान्स पोल्ट्री रहेका छन् । कर्पोरेटको कार्यकारी निर्देशक पोखरेल छन्।

    विसं २०५१ मा आफ्नै काकासँग मिलेर काठमाडौँमा पोल्ट्री फार्म शुरु गरेका पोखरेलले त्यसको पाँच वर्षपछि आफूले फार्मसँगै ट्रेडिङको व्यापार शुरु गरेका थिए । दाउन्ने ट्रेडर्स नामक कम्पनीबाट उनले व्यवसाय शुरु गरे ।

    त्यसको केही वर्षपछि विसं २०६३ मा चितवनमा उनको व्यवसाय विस्तार भयो । साझेदार थिए राजकुमार गुरुङ । पोखरेलले सम्झना गरे, “शुरुमा बुबाले काकासँगको साझेदारमा केही रकम शेयर राखिदिएको भए पनि त्यसपछिका दिनमा त्यही रकमले व्यवसाय विस्तार हुँदै गएको हो ।” बुबा सुरेन्द्र र काका डा टीका पोखरेलको लगानीको साझेदारी पोल्ट्री फार्मलाई पोखरेल आफ्नो व्यवसायको शुरवात मान्छन् ।

    गुरुङसँग साझेदारीमा ५० लाख लगानी जुट्यो । आजसम्म आइपुग्दा उनको नेतृत्वको कम्पनीमा लगानी रु दुई अर्ब ६० करोडभन्दा बढी पुगेको छ । उक्त रकममा बैंकको लगानी पनि रहेको छ । ती कम्पनीमा १२० भन्दा बढी साझेदार छन् । यद्यपि पोखरेल परिवारको लगानी आधाभन्दा बढी पुगेको छ ।

    त्यसैले निर्णायक भूमिकामा रहेर पोखरेलले काम गर्ने अवसर पाएका छन् । विगतलाई सम्झँदै उनि भन्छन्, “चितवनमा दाउन्ने ट्रेडर्स शुरु हुँदा तीन दिनमा एक बण्डल क्रेट मात्रै बिक्री भएको थियो ।” उनिहरुको कम्पनीले दाना र चल्ला किसानलाई दिने र किसानबाट अण्डा उठाउने गर्दथ्यो । यसै दौरानमा काठमाडौँमा अण्डा बिक्री गर्नेलाई पनि पोखरेलले साझेदार बनाउँदै ल्याए । झण्डै १० जना साझेदार पुगेपछि आफैँले दाना उद्योग खोल्ने र किसान पनि साझेदार बनाउने उनको योजना बन्यो । यसैअन्तर्गत विसं २०६८ मा किसान दाना उद्योग सञ्चालनमा आयो । यससँगै उद्योगले शुरुमा दैनिक आठ टन दाना उत्पादन गर्ने गरेकामा अहिले यस कम्पनीले दैनिक ४० टन मास दाना उत्पादन गर्दछ ।

    पोखरेलको भनाइमा नेपालको सबैभन्दा ठूलो मास दाना सोही उद्योगको हो । त्यसो त किसान दानासँगै विसं २०७० बाट उनकै अगुवाइमा दाउन्ने भेट शुरु भयो जसले कुखुराको औषधि बिक्री व्यवसाय गर्दै आएको छ । यसबाट सस्तो मूल्यमा आफ्ना किसानले औषधि पाएको पोखरेल बताउँछन् । व्यवसाय विस्तारकै क्रममा पोखरेलको नेतृत्वको समूहले नवलपरासीको दुम्किबासस्थित विनयी त्रिवेणी गाउँपालिकामा ३६ बिघा जग्गा खरिद गरेर अत्याधुनिक प्रविधिको कुखुरा फार्म शुरु गरेको छ ।

    जर्मनी र मलेसियाको उपकरण जडित अत्याधुनिक उक्त फार्ममा हाल दुई लाख कुखुरा रहेका छन् । एक वर्षभित्रमा दुई लाख थप गरी चार लाख कुखुरा पुर्याउने उनको लक्ष्य रहेको छ । त्यसो त तीन वर्षभित्र यो सङ्ख्या आठ लाख पुर्याउने पोखरेल बताउँछन् । त्यतिबेला उनि सहितको लगानी चार अर्ब ५० करोड पुग्नेछ । पोखरेलले भने, “विश्वकै आधुनिक प्रविधिलाई पछ्याएर कम लगानीमा धेरै उत्पादन गर्ने गरी हामी काम गर्दैछौँ ।” त्यहीँ प्राङ्गारिक मल उद्योग पनि उहाँकै कम्पनीले स्थापना गरेको छ । बजारमा मल लैजाने चरणमा कम्पनी पुगेको छ ।

    पोखरेलका सबै कम्पनीमा १२० हाराहारी साझेदार छन् । उनीहरु सबै कुनै न कुनै हिसाबले कम्पनीसँग व्यवसाय र रोजगारीमा जोडिएका छन् । एक सय ८० जनालाई रोजगारी दिएको कम्पनीको महत्वपूर्ण भूमिकामा काम गर्ने कर्मचारी अधिकांशको धेरथोर शेयर रहेको छ । पोखरेल भन्छन्, “काम गर्ने साथीहरुलाई आफूसँग रकम नभए बिना ब्याजमा कम्पनीले नै सापटी दिएर साझेदार बनाएको छु ।” रु पाँच लाखदेखि माथि आफूले सकेसम्म कर्मचारीको शेयर राख्न पाउने व्यवस्था उनको कम्पनीमा छ ।

    पोखरेलले अण्डा उत्पादन गरेसँगै बजारीकरणमा पनि विशेष ध्यान पुर्याएका छन्। उनको भनाइमा अब एक वर्ष छ महिनाभित्रमा देशका ३० जिल्लामा आफ्नै बिक्री केन्द्र पुर्याइँदै छ । हालसम्म काठमाडौँ, भक्तपुर, ललितपुर र सुर्खेतमा बिक्री केन्द्र खुलिसकेका छन् । आफैँ उत्पादन गरेर उपभोक्ताको घर नजिकै पसलसम्म अण्डा पुर्याउने लक्ष्य रहेको छ । हाल पोखरेलको कम्पनीमा दैनिक तीन लाख ६८ हजार ५०० अण्डा सङ्कलन हुन्छ । सोमध्ये एक लाख ६८ हजार अण्डा आफ्नै फार्मको हो ।

    पोखरेलको भनाइमा उनले नेतृत्व गरेको कम्पनी किसानको अण्डा सङ्कलन गर्ने र आफ्नै फार्मको उत्पादन गर्ने नेपालको सबैभन्दा ठूलो संस्था हो । त्यसो त मास दानामा पनि उनको कम्पनी सबैभन्दा ठूलो हो । आफूलाई चाहिने लेयर्स चल्ला यस कम्पनीको लगानी रहेको ब्राउण्ड वर्ड ह्याचरीबाट ल्याउने गरिन्छ । क्रेट आफ्नै लगानीको चितवन ट्रे को प्रयोग हुन्छ भने औषधि आफ्नै पसल (दाउन्ने भेट) बाट प्रयोग गरिन्छ । त्यसैले उत्पादन लागत कम र मुनाफा बढी हुने गरेको पोखरेल बताउँछन् । कुखुरा व्यवसायमा सफल पोखरेल पोल्ट्रीसँग सम्बन्धित सबैजसो सङ्घ संस्थामा निर्णायक भूमिकामा रहृेका छन् ।

    निरन्तरको सङ्घर्षबाट ४५ वर्षको उमेरमा मिलेको यो सफलता धेरैका लागि पाठ हुनसक्छ । एकअर्काका परिपूरक एउटै प्रकृतिका व्यवसाय भएका कारण पनि उहाँलाई सफलता चुम्न सहज भएको छ ।

    Share this:

    • Twitter
    • Facebook
    • Pinterest
    • WhatsApp
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    चन्द्रागिरि केबलकारमा कोरोनाविरुद्धकाे खाेप लगाएका यात्रुलाई २५ प्रतिशत छुट
    भारतबाट फर्किएका युवकको मृत्यु, मृत्युपछि कोरोना जाँच नगर्न निर्देशन
    बीरगञ्जबाट १९ केजी गाँजासहित एक पक्राउ
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      ओली र नेपालबीचको वार्ता सकियो, वार्ताको निष्कर्ष गोप्य !

    • २.
      नक्कली पिसिआर प्रकरण : दुई घण्टामै घर–होटलमा रिपोर्ट पुर्‍याउथे

    • ३.
      धरहराकाे ३ सय ३० किलोको गजुरमा ९५ तोला सुन

    • ४.
      नक्कली पिसीआर रिपोर्ट बुझाउने १२२ यात्री विमानस्थलबाट फर्काइए

    • ५.
      लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई आयोगको स्पष्टीकरण

    • ६.
      अस्ट्रेलियासहित पाँच देशमा विद्यार्थी भिसाका लागि एनओसी जारी स्थगित

    • ७.
      ओली-नेपालबीच मेरियट हाेटलमा वार्ता

    • १.
      मन्त्रिपरिषद्को निर्णयः विद्यालय सहित भिडभाड हुने क्षेत्रहरु बैशाख मसान्तसम्म बन्द

    • २.
      मुख्यमन्त्री गुरुङद्वारा चैतेदशैँ पर्वको शुभकामना

    • ३.
      काेराेना नियन्त्रण गर्न जारी गरेकाे सरकारी आदेशमा केके छ ?

    • ४.
      उघ्रिँदै छ पुननिर्मित धरहराको घुम्टो (तस्बिरहरु)

    • ५.
      सर्वसाधारण ‘झुक्याउने’ सरकारी सूचना, कोरोना बढ्दै गर्दा अन्योलमा अभिभावक

    • ६.
      शीतल कादम्बिनी अर्थात् सफल सर्जक

    • ७.
      शनिबारको हावाहुरीले त्रिशुली नदीको निर्माणाधीन पुल उडायो

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.