पोखरा । पोखराका कोरोना संक्रमित १ पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
पोखरा १६ का ५२ वर्षीय पुरुषको दिउँसो सवा १२ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए । ‘उहाँमा हाइपरटेन्सन, डायबिटिज मेलियटस थियो,’ उनले भने, ‘श्वासप्रश्वासमा समस्या भई आजै उपचारका लागि आउनुभएको थियो ।’
कोरोना संक्रमण पुष्टि भएका उनमा लक्षण पनि देखिएकाे अस्पतालले जनाएको छ । उपचारको क्रममा उक्त अस्पतालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ६ पुगेको छ ।