काठमाडौं। कञ्चनपुर प्रहरीले लागुऔषध कारोबारीमाथि गोली चलाएको छ । लागुऔषध ब्राउनसुगरका कारोबारी समात्ने क्रममा प्रहरीले कञ्चनपुरमा गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको जनाइएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा भारतीय नागरिक हुन सक्ने आशंका छ । बेलौरी नगरपालिका–७ को सिमावर्ती क्षेत्रमा बिहीबार साँझ साढे ६ बजे दोहोरो मुठभेड हुँदा प्रहरीले गोली चलाएको एसपी उमा प्रसाद चतुर्वेदीले बताए ।
घाइते भएका ती व्यक्तिलाई प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारार्थ ल्याउने क्रममा मृत्यु भएको प्रहरीको दाबी छ । अन्य ठूलो संख्याका तस्कर भने भागेका छन् ।