काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।
वैठकले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतासमेत चयन गरेको छ ।
प्रचण्ड–माधव पक्षले आफूसँग बहुमत सांसदहरु भएको बताउँदै ओली पक्षमा रहेका सांसदहरुलाई पनि मूलधारमा आउन आग्रह गरेको छ ।
पुनस्थापित प्रतिनिधि सभाको पहिलो बैठक पर्सि बस्दै छ ।