काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले दल विवादको निरुपण चाँडै गर्नका लागि निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको पाँच पृष्ठ लामो पत्र लिएर राजेन्द्र पाण्डेसहितका नेताहरु शुक्रबार आयोग पुगेका हुन् ।
पत्रमा नेकपाको आधिकारिकताको विषयमा छिटो निर्णय गर्न आग्रह गरिएको छ ।
ध्यानाकर्षण पत्रमा केपी शर्मा ओली लगायतका नेताहरुलाई पार्टी विधानअनुसार गरेको कारवाही , विभिन्न समयमा गरिएका बैठकका निर्णय लगायतका विषय समेटिएका छन् ।