काठमाडौँ । नेकपा ओली पक्षले संसदीय दलको बैठक बोलाएको छ । संसद बैठक बसेलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरि ओलीपक्षले संसदीय दलको बैठक बोलाएको हो ।
सर्वोच्चको फैसलाको बिषयमा छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् । यद्यपी, प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसला स्वागतयोग्य रहेको अभिव्यक्ति दिइसकेका छन् ।
बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा सहभागि हुनका लागि नेकपाका सम्पुर्ण १७३ जना सांसदलाई खबर गरिएको छ । प्रचण्ड–माधव पक्षमा रहेका सांसदहरुलाई पनि छलफलमा सहभागि हुनका लागि सूचना गरिएको सचेतक भट्टराईले जानकारी दिएका छन् ।