• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

पीसीआर परीक्षणको शुल्क ११ सय घट्यो, निशुल्कका लागि ३ किसिमको मापदण्ड

  •  मेन समाचार संवाददाता
  • १४ भाद्र २०७७, आईतवार १६:४३ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    फाइल तस्बिर । रासस

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले निजी संस्थालाई दिएको पीसीआर परीक्षणको मूल्यमा ११ सयले घटाएको छ । यसअघि अधिकतम ५५ सय रुपैयाँ लिएर ११ वटा निजी अस्पताललाई परीक्षणको अनुमति थियो ।

    नयाँ मूल्य मापदण्डअनुसार अब अधिकतम ४४ सय रुपैयाँ मात्र लिन पाउने व्यवस्था भएको मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले जानकारी दिए ।

    उपत्यकाका ३ वटा र ६ वटा प्रदेशका ६ सरकारी अस्पतालबाट शुल्क तिरेर परीक्षण गराउन सकिन्छ । ‘निर्धारण गरिएको नयाँ शुल्कभन्दा धेरै कसैले पनि लिन नपाउने मन्त्रालयको निर्णय छ,’ डा अधिकारीले भने । उक्त निर्णय आइतबारदेखि नै लागु भएको उनले बताए ।

    स्वास्थ्य मन्त्रालयले अब तीनवटा मापदण्डका आधारमा मात्र कोरोनाभाइरसको निशुल्क परीक्षण गर्ने निर्णय गरेको सहप्रवक्ता डा अधिकारीले जानकारी दिए । आवश्यकभन्दा अनावश्यक रूपमा धेरै मात्रामा परीक्षण हुन थाल्यो कि भनेर परीक्षणको व्यवस्था पुनरावलोकन गरिएको जानकारहरु भनाई छ ।

    ‘अब सङ्क्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र अग्रभागमा काम गर्ने व्यक्तिहरूको मात्र निशुल्क परीक्षण गर्ने निर्णय भएको छ,’ डा अधिकारीले भने । अन्य व्यक्तिहरूले शुल्क तिरेर परीक्षण गराउन सक्नेछन्।

    सरकारले निशुल्क परीक्षण गर्ने व्यवस्था रहेकाले कतिपयले आंशकाकै भरमा परीक्षण गराउन खोज्ने र भनसुन बढी हुने गरेका खबरबीच मन्त्रालयले नयाँ निर्णय लिएको हो।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    नेपालमा काेराेना त्रास बढ्दै, एकैदिन तीन संक्रमितकाे मृत्यु
    एकैदिन १ हजार ९० जनामा काेराेना पुष्टि, दुई संक्रमितकाे मृत्यु
    जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      दश हजार भक्तजन जनैपूर्णिमाका लागि गोसाइँकुण्ड पुगे

    • २.
      सांस्कृतिक पर्वले नेपालीबीच एकता, सद्भाव अभिवृद्धिमा मद्दत पुर्‍याउछ : प्रधानमन्त्री देउवा

    • ३.
      नेकपा एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण

    • ४.
      आज जनै पूर्णिमा, रक्षाबन्धन : के छ महत्त्व ?

    • ५.
      १० बजे अगाडि अफिस पुग्छन् अधिकारी, कर्मचारी भन्छन् : ‘हाकिमको अरु काम छैन क्या हो ?’

    • ६.
      प्रचण्डले भने- फोहोर व्यवस्थापनमा जापानबाट पाठ सिक्नुपर्छ

    • ७.
      गठबन्धनलाई ‘युज’ गरेर कांग्रेस आफू अनुकूल सरकार बनाउने रणनीतिमा छ : गौतम

    • १.
      ती फिल्मनिर्माताः जसले जातकै कारण प्रेमिकालाई आत्महत्या गर्न र छोरालाई वेवारिशे हुन बाध्य बनाए

    • २.
      १० बजे अगाडि अफिस पुग्छन् अधिकारी, कर्मचारी भन्छन् : ‘हाकिमको अरु काम छैन क्या हो ?’

    • ३.
      स्ट्राइकर सावित्रा भण्डारी केरेलाबाट एएफसी वेमन्स क्लब च्याम्पियनसिप खेल्न भारत प्रस्थान

    • ४.
      अन्जन र तेजलाई थप गर्दै प्रशिक्षक अब्दुल्लाहले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाए

    • ५.
      नियमविपरित एनआरएनए सिइओ नियुक्ति भएको आरोप, पाँच सय प्रतिशत तलब भत्ता वृद्धि

    • ६.
      चेत बहादुर बुढाथोकीको ‘मन बिग्रने त्यति खेर’ सार्वजनिक

    • ७.
      हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.