काठमाडौँ । नेकपा एमालेको वरिष्ठ नेता झलनाथ खनाल र निलम्बित नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ ।
काठमाडौँको कलंकीस्थित मेघा बैङ्केटमा जारी बैठकमा वरिष्ठ नेतासहित चार जनालाई कारवाही गरिसकेको अवस्थामा कसरी अगाडी भन्ने विषयमा छलफल चलेको छ ।
अधिकांश विभाग लगायत जिल्ला तहमा समेत समाना्रन्तर कमिटी घोषणा भइसकेको अवस्थामा केन्द्रीय कमिटीमा समेत समानान्तर कमिटी बनाउने तयारी खनाल–नेपाल समूहले थालेको छ ।
केन्द्रीय कमिटीमा समानान्तर कमिटी बनाउने तयारी भएकोबारे माधवकुमार नेपालले यसअघि सार्वजनिक मञ्चबाट नै खुला अभिव्यक्ति दिएका थिए ।
सर्वोच्चको फैसलापछि अध्यक्ष ओलीले एकलौटी ढंगबाट निर्णय गरेपछि एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको हो ।