• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

मेलम्चीको साढे आठ करोड लिटर पानी उपत्यकावासीका धारामा

  •  मेन समाचार संवाददाता
  • २० चैत्र २०७७, शुक्रबार १७:४९ प्रकाशित
    Advertisement
    Advertisement

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा पानीको स्रोत प्रदुषित भएका बेला मेलम्चीको पानी वितरण भएपछि स्वच्छ खानेपानीको सेवा उपलब्ध भएको बताएका छन् ।

    मेलम्चीको पानी औपचारिक रुपमा वितरण शुरु गर्न आज खानेपानी मन्त्रालयले भृकुटमण्डपमा आयोजना गरेको कार्यक्रममा उनले तीन ढुङ्गेधाराबाट पानी खोली शुभारम्भ गरेकी हुन् । मेलम्चीको पानीले जमिनमुनिको पानी कम दोहन गर्नसमेत सहयोग मिलेको  बताइन् । मेलम्चीबाट आउने स्वच्छ पानीले उपत्यकावासीमा राहत मिलेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले पानीका स्रोत संरक्षणसँगै वायु प्रदुषण कम गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरिन्।

    “प्रधानमन्त्री भएका बेला कृष्णप्रसाद भट्टराईले सार्वजनिक प्रतिबद्धता जाहेर गर्नुभएपछि चर्चामा आएको मेलम्ची खानेपानी आयोजना वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा सम्पन्न भएको छ, पानी र जीवनबीच अभिन्न सम्बन्ध रहेकाले पहिलो चरणको मेलम्ची सम्पन्न हुँदा उपत्यकावासीलाई केही राहत भएको छ, दोस्रो चरणको काम पनि यथासम्भव छिटो सम्पन्न हुनुपर्छ”, उनले भनिन्।

    केही जनसङ्ख्या स्वच्छ खानेपानीको सेवाबाट अझै बञ्चित रहेकाले त्यसको व्यवस्थापनमा पनि सरोकार भएका निकायको ध्यान जानुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो । मेलम्चीको पानी राजधानी आएसँगै जमिनमुनि पानी पुनर्भरणमा समेत ध्यान दिन पनि उनले सरोकार भएका निकायलाई निर्देशन दिइन् । पानीका विषयमा आवश्यक अध्ययन अनुसन्धान गर्न त्रिभुवन विश्वविद्यालयलगायत शैक्षिक संस्थालाई प्रोत्साहन गरिनुपर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

    यही चैत १५ गतेदेखि उपत्यकाका केही भागमा पुरानो प्रणालीअनुसार राजधानीमा चार करोड लिटर पानी हालेर परीक्षण शुरु गरिएको थियो । परीक्षण सफल भएपछि आजदेखि साढे आठ करोड लिटर पानी परीक्षण सफल भएको क्षेत्रमा वितरण गरिएको हो । पानी वितरण गर्न उपत्यकामा नौ पोखरी निर्माण सम्पन्न भएका छन् । एक पोखरी हाल निर्माण भइरहेको छ ।

    गत फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ अम्बाथानस्थित सुरुङबाट हालिएको पानी २६‍.५ किमी दूरी पार गर्दै फागुन २२ गते सुन्दरीजल आइपुगेको थियो । पहिलो चरणमा सुरुङमा प्रतिसेकेण्ड २६० लिटर पानी हालेर परीक्षण गरिएको थियो । महाशिवरात्रिका अवसरमा दुई दिन मेलम्चीको पानी वाग्मतीमा बगाएर पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनलाई स्नान गर्ने अवसरसमेत दिइएको थियो ।

    मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइने भए पनि परीक्षणका क्रममा रहेकाले आजदेखि साढे आठ करोड लिटर पानी वितरण गरिएको छ । केही दिनमा १७ करोड लिटर नै पानी वितरण गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । दोस्रो चरणमा याङ्री र लार्केको १७ करोड लिटर पानीसमेत राजधानी ल्याइने योजना छ । दोस्रो चरणको कामसमेत शुरु भइसकेको आयोजनाले जनाएको छ । रासस

    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    विद्यालय बन्द गरि अनलाइन कक्षा संचालन गर्न सीसीएमसीको सिफारिस
    भारतबाट फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण
    कल्याणपुर नगरपालिकाको तालाबन्दी नखुल्दा सेवाग्राही मारमा
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      ८ सय ४३ जनामा सङ्क्रमण पुष्टि, २२६ डिस्चार्ज

    • २.
      विद्यालय बन्द गरि अनलाइन कक्षा संचालन गर्न सीसीएमसीको सिफारिस

    • ३.
      ‘फ्लोर क्रस’ गर्ने कर्णालीका सांसद एमालेको साधारण सदस्य समेत नरहने गरि निष्कासित

    • ४.
      प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

    • ५.
      त्रिकोणात्मक सिरिजः कुशल र आशिफ चम्किँदा नेपाल ९ विकेटले विजयी

    • ६.
      भारतबाट फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण

    • ७.
      कल्याणपुर नगरपालिकाको तालाबन्दी नखुल्दा सेवाग्राही मारमा

    • १.
      नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    • २.
      सर्वसाधारण ‘झुक्याउने’ सरकारी सूचना, कोरोना बढ्दै गर्दा अन्योलमा अभिभावक

    • ३.
      खोटाङमा ‘हिरासत पुस्तकालय’ अभियान

    • ४.
      दोस्रो चरणको खोप वैशाख ७ देखिः कहिले कसको पालो ? खोप केन्द्र कहाँ ?

    • ५.
      सीसीएमसीको बैठकः कम्तिमा तीन साता शैक्षिक संस्था बन्द गर्न सरकारलाई सिफारिस

    • ६.
      प्रदेश सरकार संकटमा परेपछि गण्डकीका मुख्यमन्त्री गुरुङ काठमाडौँमा

    • ७.
      शीतल कादम्बिनी अर्थात् सफल सर्जक

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.