काठमाडाैं । प्रहरी प्रधान कार्यालय नक्सालले ७३ जना प्रहरी नायव उपरीक्षक(डिएसपी)को सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको सोमबारको निर्णयले डिएसपीको सरुवा भएको हो ।
भदौदेखि लागुहुने गरी सरुवा कायम भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
काठमाडौंका केही वृत्तमासमेत डिएसपी परिवर्तन भएका छन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका डिएसपी अनुपम श्रेष्ठलाई दैलेख पठाइएको छ ।
महानगरिय अपराध महाशाखा टेकुका उद्ववसिंह भाटलाई बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय हेटौडा खटाइएको छ ।
हेर्नुहोस् को कहाँ ?