• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

प्रदेश १ को नामाकरण चाँडै हुन्छः मुख्यमन्त्री राई

  •  मेन समाचार संवाददाता
  • २२ चैत्र २०७७, आईतवार ११:२८ प्रकाशित
    Advertisement
    Advertisement

    खोटाङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अहिलेको युग विकास र समृद्धिको युग भएको बताएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल उद्योग, बायोग्यास प्लान्ट र कृषि स्रोतको उद्घाटन कार्यक्रममा शनिबार उनले प्रदेश नं १ को सबै जिल्लामा सडक, पुल, खानेपानी, विद्युत, कृषि, पर्यटनलगायतको विकासले जनतामा समृद्धि मिलेको बताए ।

    “प्रदेश सरकार बनेपछि सडक, पुल, खानेपानी, विद्युत्, कृषि, पर्यटनलगायतको विकासले जनतामा सुविधा पुगेको छ”, उनले भने, “अहिलेको युग विकास र समृद्धिको युग भएकाले जनताको अपेक्षाअनुसार प्रदेश सरकारले समेत क्रियाकलाप अगाडि बढाएपछि जनता पनि खुशी भएका छन् ।”

    प्रदेश सरकारले अगाडि बढाएको कृषिमा अनुदान, युवालाई रोजगारलगायतका कामले समेत जनता खुशी भएको मुख्यमन्त्री राईले जिकिर गरे । पहाडी जिल्ला धनकुटा, भोजपुर र खोटाङको विकासे योजनाको अनुगमनमा आउनुभएका राईले मध्यपहाडी लोकमार्गअन्तर्गतको चखेवा–दिक्तेल सडक, समगरमाथा लोकमार्गअन्तर्गत माहुरे–फोक्सिङटार सडक निर्माणमा ढिलासुस्ती भएकाले त्यसलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिए ।

    दिक्तेल रुपाकोट मझुवागढी–१४ बुइपास्थित पञ्चदोबाटोको यलम्बर उद्यान, ट्याम्के भ्यूटावर, मुन्धुम ट्रेलको काम धमाधम भइरहेकाले त्यसको विकासले पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका निर्वाह गर्ने मुख्यमन्त्री राईले बताए । प्रदेश सरकारको तर्फबाट संसारको होचो स्थान झापाबाट संसारकै सर्वोच्च शिखर सगरमाथासम्म केबलकार योजना, सुनकोशीको दोलालघाटमा जेटबोटलगायतको योजना अघि बढाइएको मन्त्री राईले बताएका छन् ।

    मुख्यमन्त्री राईले प्रदेशको नामाङ्कन गर्न बाँकी रहेकाले नामाङ्कनको काम पनि चाँडै नै गरिने बताए । कोभिड–१९ का कारणले विलम्ब भएको उल्लेख गर्नुहुँदै मख्यमन्त्री राईले प्रदेश नं १ लाई छिट्टै नाम दिने बताए । यद्यपि राजनीतिक खिचातानी भयो भने प्रदेश नं १ को नामकरणमा समस्या आउने मुख्यमन्त्री राईको भनाइ थियो । “प्रदेशको नामाङ्कन विश्वभर फैलिएको कोभिड–१९ ले गर्दा ढिलो भयो, अब छिट्टै नै टुङ्ग्याउने तयारी गरेका छौँ”, उनले भने, “नामकरणमा राजनीतिक खिचातानी भयो भने समस्या हुन्छ ।”

    मुलुकमा सिर्जना भएको राजनीतिक खिचातानीकै कारण विकासमा सरकारलाई असहज सिर्जना भएको मुख्यमन्त्री राईको भनाइ थियो । “केही नेताहरुले अस्थिरता निम्त्याउने खेल खेलेकाले विकासमा समस्या भयो”, उनले भने, “ठूलाठूला षड्यन्त्रले गर्दा मुलुकमा अस्थिरता सिर्जना भयो, त्यसले विकासमा पनि असर गर्यो ।”

    अर्थमन्त्रालयको विशेष अनुदानवापतको तीन करोड ३२ लाखको लागतमा सोल्मास्थित अजम्बरी टोलमा कम्पोष्ट मल उद्योग, बायोग्यास प्लान्ट र कृषि स्रोत केन्द्र स्थापना गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए । नगर कार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले निःशुल्क उपलब्ध गराउनुभएको दुई रोपनी जग्गामा कम्पोष्ट मल उद्योग, बायोग्यास प्लान्ट र कृषि स्रोत केन्द्र स्थापना गरिएको हो ।रासस

     

    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    सुदूरपश्चिमका जिल्लाहरुमा खनाल–नेपाल समूहको समानान्तर कमिटी घोषणा
    महाकाली–मेची जागरण अभियानः भरतपुरमा मोटरसाइकल र्‍याली
    काँग्रेस पदाधिकारी बैठक शुरु, देउवा र पौडेल अनुपस्थित
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      उकालो लाग्यो कोरोनाको ग्राफ, स्वास्थ्य मापदण्ड पालनामा उदासीनता

    • २.
      १५ तस्बिरमा हेर्नुहोस्, टुँडिखेलको घोडेजात्रा

    • ३.
      सुदूरपश्चिमका जिल्लाहरुमा खनाल–नेपाल समूहको समानान्तर कमिटी घोषणा

    • ४.
      शिवपुरी जंगलमा लागेको डढेलो निभाउन हेलिकप्टरबाट पानी बर्साइयो

    • ५.
      चौबिस घण्टामा थप ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

    • ६.
      महाकाली–मेची जागरण अभियानः भरतपुरमा मोटरसाइकल र्‍याली

    • ७.
      काँग्रेस पदाधिकारी बैठक शुरु, देउवा र पौडेल अनुपस्थित

    • १.
      हत्या गरि फरार रहेका धादिङ खनियावासका घर्ती तामाङ पक्राउ

    • २.
      धर्मेन्द्र अर्थात् भर्सटाइल गायक

    • ३.
      भोलिबाट चिनियाँ खोप लगाउन सुरुः क-कसले पाउँछन् खोप ? कहाँ कहाँ छन् खोप केन्द्र ?

    • ४.
      सुदेश पराजुलीसहित अनेरास्ववियुका तीन नेता साधारण सदस्यसमेत नरहने गरि निष्कासित

    • ५.
      सोना आमात्यको ‘मेरो माया करोडमा’टिकटक प्रतियोगिता , बिजेतालाई ५० हजार र फोन

    • ६.
      सीसीएमसीको बैठकः कम्तिमा तीन साता शैक्षिक संस्था बन्द गर्न सरकारलाई सिफारिस

    • ७.
      तीन दलको बैठकअघि देउवाको आक्रामक अभिव्यक्तिः ‘ओलीले लात हानेपछि प्रचण्डलाई ठिक भएको छ’

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.