काठमाडौँ । समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य चयन भएकी जानकीदेवी रामले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् । आइतबार संघीय संसद सचिवालयमा आयोजित कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले सपथ ग्रहण गराएका हुन् ।
नेकपा (एमाले) की सानु शिवाको निधनपछि रिक्त समावेशी दलित कोटामा उनी निर्वाचित भएकी थिइन् । सांसद शिवाको गत असोज २८ गते निधन भएपछि समानुपातिकतर्फको पद रिक्त भएको थियो ।
निर्वाचन आयोगले उनी समावेशी दलित कोटामा निर्वाचित भएको जानकारी यही चैत १९ गते संसद् सचिवालयलाई जानकारी गराएको थियो ।
संसद्को पहिलो बैठकमा भाग लिनुअघि सभामुखबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
कार्यक्रममा सभामुख सापकोटाले संघीय सांसद, प्रतिनिधिसभाको प्रतीक चिह्न (लोगो) प्रदान गरी सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए ।