• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

गण्डकीमा ट्राफिकको शिष्टाचार अभियानः सेवाग्राहीलाई नमस्कार गर्ने

  •  मेन समाचार संवाददाता
  • १५ भाद्र २०७७, सोमबार १८:०० प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    फाइल तस्बिर-गुगल

    पोखरा । गण्डकीमा ट्राफिक प्रहरीले नमस्कार अभियान सुरुवात गर्ने भएको छ । आम नागरिक, सवारी चालकसँगको सौहार्दतामा वृद्धि गर्ने हेतुले शिष्टाचार स्वरुप ट्राफिक प्रहरीले नमस्कार अभियान थालेको हो ।

    गण्डकी प्रदेश प्रहरी कार्यालय गगनगौडा पोखराले मातहतका जिल्ला ट्राफिक प्रहरीलाई आइतबारबाट नै निर्देशन दिइसकेको छ । प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले सेवालाई सभ्य र सुसंस्कृत बनाउन नमस्कार अभियान सञ्चालन गर्ने योजना ल्याएका हुन् । एसपी ढकाल भदौ ११ गतेबाट ट्राफिक प्रमुखको जिम्मेवारीमा छन् ।

    ‘अभियान अन्तर्गत चेक पोष्ट, सीमानाका, कार्यालयहरुमा बसेर सेवा प्रदान गर्ने ट्राफिक प्रहरी कर्मचारीहरुले सेवाग्राहीलाई आदरयुक्त सम्बोधनसहित नमस्कार गर्नेछन्,’ प्रदेश ट्राफिक कार्यालयका सूचना अधिकारी टेकबहादुर कार्कीले भने, ‘तोकिएको कानुनबमोजिम कार्यसम्पादन गर्ने र अन्त्यमा धन्यवादसहित पुनः नमस्कार गर्नेछन् ।’

    अभियान कार्यान्वयनका लागि कार्यालयका सिनियर प्रहरी अधिकृतको नेतृत्वमा अनुगमन हुने उनले बताए । अभियानले ट्राफिक प्रहरी र नागरिक बिचको सम्बन्ध र समन्वयलाई प्रभावकारी बनाउने विश्वास कार्यालयको छ ।

    एसपी ढकालले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको नवनिर्मित भवनको निरीक्षण गरेका छन् । कार्यरत कर्मचारीहरुलाई कोरोना महामारीमा आफू बच्ने र अरुलाई बचाउने सम्बन्धीस्वास्थ्य मापदण्ड अनुसारका उपायहरु अवलम्वन गर्न निर्देशन दिएका थिए ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    ४२ लाखले अवलोकन गरे शाश्वतधाम
    बेलहिया सडक निर्माणको काम शनिबारबाट हुने
    प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् ९ वटा कार्यसूची
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      ४२ लाखले अवलोकन गरे शाश्वतधाम

    • २.
      बेलहिया सडक निर्माणको काम शनिबारबाट हुने

    • ३.
      प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् ९ वटा कार्यसूची

    • ४.
      महिला टेनिस स्टार सेरेनाद्धारा सन्यासको घोषणा

    • ५.
      मतदाता नामावलीमा दाबी बिरोधका लागि आयोगले दियो समय

    • ६.
      आगलागीबाट घर जलेर नष्ट लमजुङमा

    • ७.
      केन्याबिरुद्द नेपाली टिम घोषणा, ज्ञानेन्द्रको पुनरागमन

    • १.
      ती फिल्मनिर्माताः जसले जातकै कारण प्रेमिकालाई आत्महत्या गर्न र छोरालाई वेवारिशे हुन बाध्य बनाए

    • २.
      चलचित्र ‘चपली हाइट ३’ तेस्रोपटक किन रिलिज हुँदैछ

    • ३.
      मूल्य नघटाउने भन्दै आयल निगमले देखायो मासिक १ अर्ब २७ करोड घाटा

    • ४.
      नियमविपरित एनआरएनए सिइओ नियुक्ति भएको आरोप, पाँच सय प्रतिशत तलब भत्ता वृद्धि

    • ५.
      स्ट्राइकर सावित्रा भण्डारी केरेलाबाट एएफसी वेमन्स क्लब च्याम्पियनसिप खेल्न भारत प्रस्थान

    • ६.
      अन्जन र तेजलाई थप गर्दै प्रशिक्षक अब्दुल्लाहले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाए

    • ७.
      हास्य कलाकार घनश्यामको ‘लुटतन्त्र’

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.