काठमाडौँ । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु)का निवर्तमान सचिवहरु सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण समेत नरहने गरी निष्कासन गरेको छ ।
अनेरास्ववियुका अध्यक्ष ऐन महरले विज्ञप्ति जारी गर्दै तीन जना नेताहरुले संगठनको हितविपरितका क्रियाकलाप गरेको भन्दै साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको जानकारी दिएका छन् ।
समानान्तर गतिविधि गरेदेखि २ पटकसम्म स्पष्टिकरण मागेको तर संगठनको निर्देशनलाई बेवास्ता गरि घोर अपमान गरेको कारण कारवाही गर्न वाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।
सर्वोच्चको फैसलापछि नेतृत्व तहमा चरम आन्तरिक संघर्ष भएसँगै एमालेसम्बद्ध विभिन्न संगठनहरुमा माधव नेपाल समूहले समानान्तर कमिटी घोषणा गरेको थियो ।
त्यसकै निरन्तरतामा चैत ११ गते अनेरास्ववियुमा पनि समानान्तर कमिटी घोषणा गरिएको थियो । अनेरास्ववियु समानान्तर कमिटीको अध्यक्ष सुदेश पराजुलीलाई बनाइएको थियो । सो कमिटीमा सहअध्यक्ष ओसिम आलम र महासचिव आरती लामा छन्।