• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

‘मेडिकल सिटी’ भरतपुरकाे दुर्दशा: अस्पताल चहार्दाचहार्दै ३ संक्रमितकाे मृत्यु

  •  मेन समाचार संवाददाता
  • १६ भाद्र २०७७, मंगलवार ०९:०७ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    फाइल तस्बिर । रासस

    चितवन । जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका ३ कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ।

    जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पीसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका उनीहरुको अस्पताल पुगेको केही समयमै मृत्यु भएको हो।

    अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मृत्युपछि स्वाब सङ्कलन गरिएका उनीहरु तीनै जनामा कोरोना सङ्क्रमण देखिएको छ।

    राति अबेर नतिजा आएको थियो। भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीका अनुसार मृत्यु भएका तीनै जनामा कडा निमोनिया देखिएको थियो।

    बिहान ७ बजे अस्पताल ल्याइपुर्याएकी खैरहनी नगरपालिका १३ की ५५ वर्षीया महिलाको दिउँसो १ बजे आकस्मिक कक्षमै मृत्यु भएको हो।

    दुवै मेडिकल कलेज पुर्याए पनि भर्ना नलिएपछि ती महिलालाई भरतपुर अस्पताल ल्याइएको उनका आफन्तले बताएको तिवारीले जानकारी दिए। त्यस्तै भरतपुर ११ का ६५ वर्षीय पुरुषको चितवन अस्पतालमा एक्सरे गरेपछि भरतपुर अस्पताल पठाइएको थियो।

    दिउँसो २ः३० बजे भरतपुर अस्पतालको आकस्मिक कक्षमा आइपुगेका उनको ३ बजे मृत्यु भएको तिवारीले बताए। उनले भने, ‘चितवन अस्पतालले एक्सरे गरेपछि पिसीआर परीक्षण गर्नुपर्छ भनेर पठाएको रहेछ । हेर्दाहेर्दै बिरामीको मृत्यु भएको हो ।’

    भरतपुर ११ कै अर्का एक १८ वर्षकी युवती सबै परीक्षणपछि नारायणी सामुदायिक अस्पतालले भरतपुर अस्पताल पठाएको थियो । तिवारीका अनुसार दिउँसो १ बजेतिर भरतपुर अस्पताल ल्याएकामा उनको ३ बजे मृत्यु भएको हो ।

    गम्भीर बिरामी सामुदायिक अस्पतालमा सिटिस्क्यानदेखि सबै परीक्षण गरेर सघन उपचार कक्ष खाली नभएको भन्दै बिरामीका आफन्तले मेकिडल कलेजमा लगेको भए पनि सघन उपचार कक्ष नभएको भनेर फिर्ता गरेपछि सरकारी अस्पताल आइपुगेको तिवारीले बताए।

    तिवारीले भने, ‘हाम्रो सघन उपचार कक्ष खाली छैन । खाली हुनेले जहाँ खाली छ त्यहाँ उपचार गरिदिनुपर्यो ।’ भरतपुर अस्पतालका २० वटा सघन उपचार कक्ष सबै बिरामीले भरिएको छ ।

    आइतबार राति पनि एक जना बिरामीलाई यहाँका अस्पताल डुलाउँदा डुलाउँदै कसैले भर्ना नलिएपछि बिहान मृत्यु भएको थियो । चिकित्सक संघ चितवनका पूर्वअध्यक्ष प्रा डा कृष्ण पौडेल अहिले अस्पतालहरुले भर्ना नलिँदा बिरामीले उपचार नपाएको स्वीकार गर्छन्।

    चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने बिरामी आकस्मिक कक्षमा आएपछि समन्वय गरेर नपठाउँदा समस्या भएको बताउँछन्।

    आफूले कलेजको खर्चमा एप तयार गरिदिने बताएको भन्दै उनले त्यसमा शैय्या खाली भए/नभएको हेरेर एक अस्पतालबाट अर्कोमा पठाएमा समस्या नहुने उनको भनाइ छ ।

    भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी सिफारिसदेखि उपचारसम्ममा समस्या भएको स्वीकार गर्छन्।

    सरकारी संयन्त्रले सरकारी अस्पतालमा बिरामी पठाउनुपर्ने भन्दै बिरामी बोक्ने एम्बुलेन्सले सघन उपचार कक्ष र भेन्टिलेटर भन्दै हिँड्दा समस्या उत्पन्न भएको उनको बुझाइ छ ।

    अस्पतालको आकस्मिक कक्षमा आएपछि के-कस्तो सेवा बिरामीलाई चाहिने हो सम्बन्धित अस्पतालले समन्वय गर्नुपर्ने उनको भनाइ छ । कोरोना सङ्क्रमणका कारण सघन उपचार कक्ष निर्मलीकरण, चिकित्सक, स्वास्थ्यकर्मी, आइसोलेसन राख्नुपर्नेजस्ता कारण क्षमता घटेर पनि समस्या देखिएको अधिकारी बताउँछन्।

    जिल्ला प्रशासन कार्यालय चितवनले बिरामीले उपचार नपाउने गुनासो बढेपछि सोमबार सूचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अस्पतालले बिरामी प्रेषण गर्दा पठाउन लागिएको अस्पतालमा शैय्या खाली भए/नभएको यकिन गरेर मात्र पठाउनुपर्ने, सघन उपचार कक्ष खाली नभएको अवस्थामा बिरामी आकस्मिक कक्षमा भर्ना गरेर उपचार प्रक्रिया शुरु गरेर मात्र अन्यत्र पठाउनुपर्ने भएमा सम्बन्धित अस्पतालले नै समन्वय गर्नुपर्ने बताउँछन्।

    प्रशासनले सूचनामा एम्बुलेन्स चालकले व्यक्तिगत स्वार्थका लागि अस्पतालहरु घुमाएमा कारवाही गर्ने, सबै अस्पतालको सघन उपचार कक्ष र भेन्टिलेटर भरिएको र खाली रहेको सङ्ख्या दैनिकरूपमा बेलुका ५ बजे सार्वजनिक गरी जिल्ला प्रशासन पठाउनुपर्ने उल्लेख छ ।

    त्यसैगरी सञ्चारमाध्यमले दुवै पक्षको धारणा र भरपर्दो प्रमाणसहित सूचना सम्प्रेषण गर्नुपर्ने सूचनामा जनाइएको छ । सूचनामा भनिएको छ, ‘संकटको घडीमा उपचार गर्ने अस्पताल तथा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्ने गरी समाचार सम्प्रेषण नगरौँ ।’

    स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीका अनुसार जिल्लामा ५० शैय्यामाथिका १९ वटा अस्पताल छन् । २ ठूला मेडिकल कलेजसहित सबै अस्पतालमा गरेर १ सय ७६ सघन उपचार कक्ष र ५० भेन्टिलेटर शैय्या छन् । आइसोलेसन शय्या सङ्ख्या झण्डै ३ सय रहेका छन् । केही एनआइसीयू र पीआइसीयू छन् ।

    समग्र जिल्लामा ५ सय चिकित्सक, १ हजार ५ सय नर्स, करिब ४ सय पारामेडिक्स र ल्याबमा काम गर्ने जनशक्ति ३ सय ५० हाराहारीमा छ तर जटिल उपचारका लागि अहिले भएको जनशक्ति कम भएको तिवारी बताउँछन्। उनका अनुसार करिब २ सय आइसीयू र ८० भेन्टिलेटर यहाँको न्यूनतम आवश्यकता हो । रासस

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
    विष्णु पौडेलको कार्यकतालाई आग्रह: नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजानुस्
    एउटै जिल्लाबाट दुई मन्त्री
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विद्यालयको हकभोगमा रहेको जमिन निजी बनाएर बिक्री

    • २.
      पाँच दिन हिरासतमा राख्न अनुमति दिलमाया सुनारको मृत्यु प्रकरणमा पक्राउ परेका श्रेष्ठलाई

    • ३.
      आज नेपाल स्टक एक्सचेञ्जमा दोहोरो अंकको गिरावट

    • ४.
      १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

    • ५.
      नवनियुक्त मन्त्रीहरुद्वारा शपथ

    • ६.
      विष्णु पौडेलको कार्यकतालाई आग्रह: नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजानुस्

    • ७.
      ८ किलो गाँजासहित तीन जना पक्राउ

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ४.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ५.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    • ६.
      हुम्ला जिल्ला समन्वय समितिको प्रमुखमा शर्मा निर्विरोध निर्वाचित

    • ७.
      बलात्कार गरी नगद र गहना लुटपाट गरी फरार भएका युवा पक्राउ

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.