काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ७४ जना संक्रमणमुक्त भई घर फर्किएका छन्।
देशभरका विभिन्न प्रयोगशालामा ४ हजार १ सय जनामा गरिएको पीसीआर परीक्षणका क्रममा देशभर ३ सय ३९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ।
योसाँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ८ सय ९ पुगेको छ।
यस्तै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ५ सय २९ पुगेको छ।
देशभर सक्रिय संक्रमितको संख्या २ हजार २ सय १ रहेको छ ।
क्वारेन्टिनमा ६५ जना रहेका छन्।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ।