काठमाडौँ । नेपाल पत्रकार महासंघ कास्कीमा मतदान सकिएको छ । बिहान १० बजेदेखि सुरु भएको मतदानमा कुल ३१२ मतदाता मध्य ३०५ मत खसेको कास्कीबाट इश्वर देवकोटाले जानकारी दिएका छन् ।
मतगणना ८ बजेबाट हुने भएपनि तयारीका कारण केही ढिला हुने बताइएको छ ।
कास्कीसहित गण्डकी प्रदेश र केन्द्रमा नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी समूहको संयुक्त प्यानल, प्रेस चौतारीको प्यानल र केही स्वतन्त्र उम्मेदवारले चुनावी प्रतिस्पर्धा गरेका छन् ।
पत्रकार महासंघ कास्कीमा गठवन्धनको नेतृत्व बिमला भण्डारी र चौतारीको नेतृत्व केशव शरण लामिछानेले गरेका छन् ।