काठमाडौं। नेपाल पत्रकार महासंघको ललितपुर शाखामा सागर न्यौपानेको प्यानल विजयी भएको छ ।
प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल र माधव नेपाल निकट प्रेस चौतारीको संयुक्त उम्मेदवार बनेका न्यौपानेको प्यानल नै बिजयी भएको हो ।
यद्यपी मत परिणाम भने घोषणा हुन बाँकी छ । नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन अन्तर्गत हिजो देशैभर मतदान भएको थियो ।
अधिकांश स्थानमा विपुल पोखरेल नेतृत्वको प्यानल विजयी भएका छन् ।