पोखरा । नेपाल पत्रकार महासङ्घ कास्कीको निर्वाचनबाट अध्यक्षमा विमला भण्डारी चुनिएकी छ्न ।
भण्डारीले अध्यक्ष पदका लागि १७४ मत प्राप्त गरेकी हुन् । बुधबार सम्पन्न मतदानमा ३१२ मतदातामध्य ३०५ मत खसेको थियो ।
उनकी प्रतिस्पर्धी केशवशरण लामिछानेले १२१ मत प्राप्त गरे ।
भण्डारीकै प्यानलबाट उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना निर्वाचित भए । महिला उपाध्यक्षमा जमुना वर्षा शर्मा निर्वाचित भइन । सचिवमा लामिछानेको प्यानलबाट माधव बराल निर्वाचित भए ।
अन्य पदाधिकारीमा भण्डारीकै समूह निर्वाचित भएको छ ।
९ खुला सदस्य मध्ये लामिछाने समूहका ४ जनाले अग्र मत ल्याउदै निर्वाचित भए ।