• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

माओवादी केन्द्रद्वारा वाग्मती प्रदेशसभा बैठक अवरुद्ध

  •  मेन समाचार संवाददाता
  • २६ चैत्र २०७७, बिहीबार १६:०७ प्रकाशित
    Advertisement
    Advertisement

    मकवानपुर । वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा विशेष समय लिएर प्रतिपक्षी दलका चार नेताले आ–आफ्नो धारण व्यक्त गरे । उनीहरुले विषेश समयमा बोलिसकेलगतै प्रमुख प्रतिपक्षी दल

    नेकपा माओवादी केन्द्रका नेताले मुख्यमन्त्री डोरमणि पौडेलबाट यसअघिको बैठकमा उठाइएको राष्ट्रिय सरोकारका विषयमा थप स्पष्ट जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने भनेपछि आजको बैठक अवरुद्ध भएको हो ।

    वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगन गरिएको बताए । आज शुरु भएको बैठकमा विशेष समय लिएर बोल्नुहुँदै प्रतिपक्षी दल

    नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले अहिले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने समयमा मन्त्रिपरिषद्ले आवश्यकीय कार्यविधि र मापदण्ड तयार नगरी विद्युतीय बस खरिदका लागि प्रक्रिया अघि बढाएको हुँदा भ्रष्टाचारलाई नै प्रोत्साहन गर्न खोजिएको हो कि भनी आरोप लगाए ।

    उनले सरकारले विगतका वर्ष झै यस वर्षमा पनि सरकारको नीति कार्यक्रम ल्याइँदा आइएनजीओहरुलाई अनुदान बजेट विनियोजन गर्ने प्रावधान नरहेको बताए । उनले अहिलेको सरकारले मदन भण्डारी फाउण्डेशनलाई रु ५० लाख रकम एमाले पार्टीलाई आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने प्रयोजनका निमित्त के–के मापदण्ड तयार गरेर दिइएको हो संसद्मा प्रष्ट पार्न माग गरे।

    नेता बानियाँले सरकारले आफैँ निर्माण कम्पनी स्थापना गरी सञ्चालन गर्न भनी विधेयक ल्याउन खोजिएकामा आपत्ति प्रकट गर्दै जनताकै सहभागितामा निजी कम्पनी सञ्चालन हुनु स्वभाविक भएको भन्दै सरकारले नै कम्पनी स्थापना गर्नु नाजायज र अनियमित कार्यलाई प्रत्साहित गर्न खोजिएको धारणा व्यक्त गरे ।

    बैठकमा साझा विवेकशील दलका रमेश पौड्यालले सरकारले प्रतिपक्ष दलहरुसँग सहकार्य, विचारविमर्श नै नगरी एकपक्षीय ढङ्गबाट आफ्नो चुनावी क्षेत्रमा प्रभाव पार्ने उद्देश्यले बजेट र योजनाको बाँडफाँट गर्नु नाजायज भएको उल्लेख गर्दै सरकारले विद्युतीय बस खरिद प्रक्रियालाई तत्काल स्थगन गर्नुपर्ने माग गरे ।

    उक्त बैठकको विषेश समयमा बोल्नु हुँदै नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्र गोरसाईँ र राप्रपाका रीता माझीले सरकारले अहिले जनताको स्वास्थ्य उपचारप्रति गम्भीर नभएकाले कोभिड–१९ सङ्क्रमणका बिरामी दैनिकरूपमा बढ्दै गएकाले त्यसतर्फ सरकारको ध्यान केन्द्रित गर्नुपर्ने र तत्कालका लागि विद्युतीय बस खरिद प्रक्रियालाई स्थगन राखी आवश्यक मापदण्डका विषयमा छलफल गर्नुपर्ने धारण व्यक्त गरे। प्रदेशसभा बैठकमा छलफलका लागि आज तयार गरिएको कार्यसूची संसद्मा पेश नै नभई हटाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    काठमाडौँको अधिकांश स्थानमा मेलम्चीको पानी वितरण भएन
    प्रतिनिधिसभाका विभिन्न समितिमा पदाधिकारी हेरफेर
    गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      राष्ट्रिय यु–१९ टोलीलाई चौधरी ग्रुपको साथ

    • २.
      काठमाडौँको अधिकांश स्थानमा मेलम्चीको पानी वितरण भएन

    • ३.
      प्रतिनिधिसभाका विभिन्न समितिमा पदाधिकारी हेरफेर

    • ४.
      गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

    • ५.
      ४९६ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन १३ जनाको मृत्यु

    • ६.
      नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    • ७.
      यसकारण लाग्छ दाँतमा ‘किरा’, कसरी गर्ने दाँतको स्याहार ?

    • १.
      हत्या गरि फरार रहेका धादिङ खनियावासका घर्ती तामाङ पक्राउ

    • २.
      धर्मेन्द्र अर्थात् भर्सटाइल गायक

    • ३.
      भोलिबाट चिनियाँ खोप लगाउन सुरुः क-कसले पाउँछन् खोप ? कहाँ कहाँ छन् खोप केन्द्र ?

    • ४.
      नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    • ५.
      सीसीएमसीको बैठकः कम्तिमा तीन साता शैक्षिक संस्था बन्द गर्न सरकारलाई सिफारिस

    • ६.
      सुदेश पराजुलीसहित अनेरास्ववियुका तीन नेता साधारण सदस्यसमेत नरहने गरि निष्कासित

    • ७.
      शैक्षिक संस्था भौतिक रूपमा सञ्चालन नगर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.