• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

सभामुखलाई प्रभावकारी भूमिका खेल्न सत्तापक्षको सुझाव

  •  मेन समाचार संवाददाता
  • २६ चैत्र २०७७, बिहीबार १७:५६ प्रकाशित
    Advertisement
    Advertisement

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभाका गतिविधि र काम कारवाहीलाई प्रभावकारी तुल्याउन सभामुखको विशेष पहल र भूमिका आवश्यक रहेको बताएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का लालबाबु पण्डितले संसद् र संसदीय व्यवस्थामाथि प्रश्न उठ्छ भने सभामुखको भूमिकाप्रति पनि प्रश्न उठ्ने भएकाले प्रभावकारी भूमिका खेल्न सुझाव दिए ।

    उनले भने, “प्रतिनिधिसभाको चालु सातौँ अधिवेशनका विधेयक अधिवेशन भएकाले मुलुक र जनताका सरोकारसँग सम्बन्धित पाँच दर्जनभन्दा बढी महत्वपूर्ण विधेयक लामो समयदेखि सदनमा अड्किएका छन्, यो अधिवेशनमा एउटा पनि विधेयक सदनले पास गर्छ कि गर्दैन भनी चासो र कौतुहलताकासाथ जनताले हेरिरहेको अवस्था छ ।”

    जनताले आशा गरेका विधेयकलाई अघि बढाउन प्रधानमन्त्री, मन्त्री वा सांसद कसले रोकेको छ भनी प्रश्न गर्दै सांसद पण्डितले भने, “होइन भने एकतर्फीरूपमा संसद्लाई सरकारले काम दिएन भनियो भने पूर्वाग्रह भन्दा बाहेक अरु केही हुनेछैन ।”

    सदनको कामलाई चुस्त र प्रभावकारी तुल्याउन सभामुखबाट पहलकदमीको खाँचो औँल्याउँदै उनले भने, “सरकार र सांसदलाई दोष दिएर उम्कन खोज्ने स्थिति हुनुहुन्न, सदनमा थाती विधेयक र प्रस्तावलाई अघि बढाउन आग्रह गर्न चाहन्छु ।”

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले जनता र राष्ट्रको आवश्यकता र प्राथमिकताको विषयमा केन्द्रित हुनुको साटो पुराना सडक र ठेक्कै नभएको आयोजनाको उद्घाटन र शिलान्यासमा ध्यान केन्द्रित गरेको आरोप लगाए । उनले भने, “सरकार बाटो र पुल उद्घाटन गर्न भ्याइनभ्याइमा छ, उद्घाटन र शिलान्यास हेर्दा यो अवधिमा जस्तो विकास निर्माण कहिल्यै भएको छैनजस्तो देखाउन खोजिएको छ, आयोजना ढिला भएकामा माफ माग्नुपर्नेमा एउटै आयोजनाको पटक–पटक उद्घाटन गरिएको छ ।”

    राष्ट्रिय गौरवको तामाकोशी, द्रुतराजमार्ग, पश्चिमसेतीजस्ता आयोजना मेलम्चीजस्तो ढिलासुस्ती हुन नदिनका लागि पूर्वाधार क्षेत्रको विकासका लागि राष्ट्रिय क्षमता विकास गर्न सुझाव दिँदै उनले जनताको आवश्यकताका आधारमा होइन, खल्तीबाट आयोजना हाल्ने प्रवृत्ति रोक्न सल्लाह दिए।

    नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेलले सदनलाई बिजनेश नदिएर सदनका काम कारवाहीलाई रोक्ने काम नगर्न सरकारलाई सुझाव दिए। उनले भने, “संविधान निर्माणमा हालका सबै राजनीतिक दलको योगदान रहेकाले संविधानको मर्म र भावनाबारे आफूहरुलाई राम्रो ज्ञान छ, सदनका गतिविधिलाई रोक्नु भनेको लोकतन्त्र, राजनीतिक संस्कार र मूल्यमान्यता विपरीतको कार्य हो, जनताको भावनाअनुरुप सदनलाई अघि बढाइयोस् । अदालतको फैसलापछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ कि पर्दैन ।”

    मुलुक र जनताको आवश्यकताका आधारमा प्राथमिकीकरण गरी योजना छनोट गरी त्यस्ता नीति र कार्यक्रमको ठिक ढङ्गले कार्यान्वयन गर्न सुझाव दिँदै उनले भने, “आयोजनालाई ठिक समयमा सम्पन्न गर्न अनुगमनको व्यवस्थासहित राम्रो गर्नेलाई पुरस्कृत गर्ने र नगर्नेलाई दण्ड गरियोस् विकास र समृद्धि अघि बढेको भाषण मात्र नगरियोस् ।

    जसपाका लीलादेवी सिटौलाले भने, “कसैलाई काखा कसैलाई पाखा गरिने प्रवृत्तिले लोकतन्त्र बलियो हुन सक्दैन, पाँच वर्षका लागि जनताले दिएको विश्वासलाई अवज्ञा नगर्न र सक्नुहुन्न भने राजनीनामा दिनुस्, सरकार बनाउन संसद तयार छ ।”

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले काठमाडौँ उपत्यकामा बढिरहेको अव्यवस्थित बसोबासलाई रोक्न प्रभावकारी कदम चल्न तथा म्यान्मारको विषयमा एकपक्षीय ढङ्गबाट मात्र नबुझ्न सरकारलाई सुझाव दिए ।

    नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले प्रमुख राजनीतिक दलका शीर्षनेतालाई आफ्नो मुलुक, जनता र लोकतन्त्रको पक्षमा आफनो सामथ्र्यलाई माथि उठाउँदै राजनीतिक निकासका लागि संसद्लाई उच्चतम सदुपयोग गरी अघि बढन सुझाव दिए । नेकपा (एमाले) का महेश बस्नेतले राजनीतिक अस्थिरताका अनेकौँ बहसलाई जनताले गम्भीरताकासाथ हेरिरहेकाले तथ्यगत आधारमा मात्र धारणा राख्न प्रतिपक्षका सांसदलाई सुझाव दिए । रासस

    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    सुदूरपश्चिमका जिल्लाहरुमा खनाल–नेपाल समूहको समानान्तर कमिटी घोषणा
    महाकाली–मेची जागरण अभियानः भरतपुरमा मोटरसाइकल र्‍याली
    काँग्रेस पदाधिकारी बैठक शुरु, देउवा र पौडेल अनुपस्थित
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      उकालो लाग्यो कोरोनाको ग्राफ, स्वास्थ्य मापदण्ड पालनामा उदासीनता

    • २.
      १५ तस्बिरमा हेर्नुहोस्, टुँडिखेलको घोडेजात्रा

    • ३.
      सुदूरपश्चिमका जिल्लाहरुमा खनाल–नेपाल समूहको समानान्तर कमिटी घोषणा

    • ४.
      शिवपुरी जंगलमा लागेको डढेलो निभाउन हेलिकप्टरबाट पानी बर्साइयो

    • ५.
      चौबिस घण्टामा थप ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

    • ६.
      महाकाली–मेची जागरण अभियानः भरतपुरमा मोटरसाइकल र्‍याली

    • ७.
      काँग्रेस पदाधिकारी बैठक शुरु, देउवा र पौडेल अनुपस्थित

    • १.
      हत्या गरि फरार रहेका धादिङ खनियावासका घर्ती तामाङ पक्राउ

    • २.
      धर्मेन्द्र अर्थात् भर्सटाइल गायक

    • ३.
      भोलिबाट चिनियाँ खोप लगाउन सुरुः क-कसले पाउँछन् खोप ? कहाँ कहाँ छन् खोप केन्द्र ?

    • ४.
      सुदेश पराजुलीसहित अनेरास्ववियुका तीन नेता साधारण सदस्यसमेत नरहने गरि निष्कासित

    • ५.
      सोना आमात्यको ‘मेरो माया करोडमा’टिकटक प्रतियोगिता , बिजेतालाई ५० हजार र फोन

    • ६.
      सीसीएमसीको बैठकः कम्तिमा तीन साता शैक्षिक संस्था बन्द गर्न सरकारलाई सिफारिस

    • ७.
      तीन दलको बैठकअघि देउवाको आक्रामक अभिव्यक्तिः ‘ओलीले लात हानेपछि प्रचण्डलाई ठिक भएको छ’

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.