• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

चितवनमा अधिकारी, काभ्रेमा तिमल्सिना र तनहुँमा काफ्ले विजयी

  •  मेन समाचार संवाददाता
  • २६ चैत्र २०७७, बिहीबार २१:४३ प्रकाशित
    Advertisement
    Advertisement

    भरतपुर । नेपाल पत्रकार महासङ्घ चितवनको अध्यक्षमा राष्ट्रिय समाचार समिति ९रासस० चितवनका प्रमुख नारायणप्रसाद अधिकारी निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा नेपाल प्रेस युनियन नेतृत्वको गठबन्धनका उम्मेदवार अधिकारीले निकटम प्रतिद्वन्द्वी प्रेस चौतारीका उम्मेदवार तिलक रिमाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष अधिकारीले १४६ मत प्राप्त गरे भने निकटम प्रतिद्वन्द्वी रिमालले ११२ मत प्राप्त गरे। अर्का अध्यक्षका उम्मेदवार सूर्य प्रकाश कँडेलले चार मत प्राप्त गरे ।

    यसैगरी महासङ्घको खुल्ला उपाध्यक्षमा प्रकाशमणि ज्ञवाली, महिला उपाध्यक्षमा प्रमिता ढकाल, सचिवमा दीपेन्द्र अधिकारी, समावेशी सहसचिवमा उर्गेन तामाङ, खुल्ला सहसचिवमा आनन्द पोखरेल र कोषाध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा शोभा पुडासैनी, एलिना पोख्रेल ९प्रिति०, तुलमान गुरुङ, अनिल भट्टराई, बबिलाल तामाङ, बसन्त शर्मा ढुङ्गाना, विप्लव काफ्ले, सरिता पौडेल, विवेक पोखरेल, ज्ञानेन्द्र तामाङ र समिक्षा पुरी विजयी भएका छन् ।

    महासङ्घ काभ्रेमा तिमल्सिना

    पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकको अध्यक्षमा प्रेस युनियनका बद्रीराज तिमल्सिना विजयी भएका छन् । तिमल्सिनाले निकटतम प्रतिस्पर्धी प्रेस चौतारीका नवराज बजगाईंलाई १७ मतको अन्तरले पछाडि पार्दै ६८ मत प्राप्त गरी विजयी भएका हुन् ।

    त्यस्तै उपाध्यक्षमा विनोद न्यौपाने, महिला उपाध्यक्षमा सुनिता सापकोटा, सचिवमा कपिल कोइराला, कोषाध्यक्ष केदारनाथ तिमल्सिना, खुल्ला सहसचिवमा सरोज अधिकारी, समावेशी सह–सचिवमा जगतमान बल तामाङ विजयी भएका छन् ।

    सदस्यमा क्रमशः अशोक महत, देवराज केसी, मोहनकुमार तिमल्सिना, रञ्जित बोहोरा, सन्तोष न्यौपाने, सुकदेव थपलिया, शिवप्रसाद पन्त र सुरज श्रेष्ठ विजयी भएका छन्। कार्य समितिको अपाङ्गता सदस्यमा रामचन्द्र अधिकारी, समावेशी सदस्यमा बद्री तिमल्सिना र महिला सदस्यमा सम्झना गौतम निर्विरोध निर्वाचित भएका छन् ।

    पत्रकार महासङ्घ केन्द्र र प्रदेशमा तनहुँका तीन निर्वाचित

    नेपाल पत्रकार महासङ्घ केन्द्रीय र गण्डकी प्रदेश समितिमा तनहँुबाट तीन जना निर्वाचित भएका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिमा प्रदीप काफ्ले, गण्डकी प्रदेश समितिको उपाध्यक्षमा सोनी शर्मा र प्रदेश सदस्य पदमा सानेबहादुर नेपाली निर्वाचित भएका हुन्। तीन जना प्रेस युनियन र प्रेस सेन्टर प्यानलबाट निर्वाचित भएका हुन् ।

    नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका पूर्वअध्यक्ष रहेका काफ्लेले ५५३ मत प्राप्त गरे । शाखाका निवर्तमान उपाध्यक्ष रहेका शर्माले ५५२ र नेपालीले ५२० मत प्राप्त गरेका छन् । पत्रकार महासङ्घ जिल्ला शाखामा भने प्रेस चौतारी र प्रेस मञ्चका संयुक्त उम्मेदवार उज्वल पौडेल निर्वाचित भएका थिए । रासस

    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    राष्ट्रिय यु–१९ टोलीलाई चौधरी ग्रुपको साथ
    मनकामना केबुलकार आजदेखि नियमित सञ्चालन
    तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सरोकारवालाहरुको सुझाव
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      राष्ट्रिय यु–१९ टोलीलाई चौधरी ग्रुपको साथ

    • २.
      काठमाडौँको अधिकांश स्थानमा मेलम्चीको पानी वितरण भएन

    • ३.
      प्रतिनिधिसभाका विभिन्न समितिमा पदाधिकारी हेरफेर

    • ४.
      गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

    • ५.
      ४९६ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन १३ जनाको मृत्यु

    • ६.
      नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    • ७.
      यसकारण लाग्छ दाँतमा ‘किरा’, कसरी गर्ने दाँतको स्याहार ?

    • १.
      हत्या गरि फरार रहेका धादिङ खनियावासका घर्ती तामाङ पक्राउ

    • २.
      धर्मेन्द्र अर्थात् भर्सटाइल गायक

    • ३.
      भोलिबाट चिनियाँ खोप लगाउन सुरुः क-कसले पाउँछन् खोप ? कहाँ कहाँ छन् खोप केन्द्र ?

    • ४.
      नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    • ५.
      सीसीएमसीको बैठकः कम्तिमा तीन साता शैक्षिक संस्था बन्द गर्न सरकारलाई सिफारिस

    • ६.
      सुदेश पराजुलीसहित अनेरास्ववियुका तीन नेता साधारण सदस्यसमेत नरहने गरि निष्कासित

    • ७.
      शैक्षिक संस्था भौतिक रूपमा सञ्चालन नगर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.