काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । अघिल्लो शुक्रबारदेखि मूल्य बढिरहेकोमा मंगलबार थप ९ सय रुपैयाँले बढेको हो ।
मंगलबार नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँ तोकेको छ।
चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ। प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।