काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
बितेको २४ घन्टामा मुलुकभर १,०६९ कोरोना संक्रमित थप भएका छन् । त्यति नै समयमा विभिन्न ठाउँमा ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै देशभर संक्रमितको संख्या ४०,५९९ पुगेको डा गौतमले बताए । कुल मृत्यु हुनेको संख्या २३९ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १८,११२ छ । १०,८३२ जना संस्थागत आइसोलेसनमा र बाँकी ७,२८० जना घरमा छन् ।
पछिल्लो २४ घन्टामा ७६८ जना संक्रमणमुक्ता भएको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको छ । संक्रमितमध्ये २२,१७८ जना निको भइरहेका छन् । जुन आधाभन्दा बढी ५५ प्रतिशत हो ।