• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

लकडाउनले बनायाे ‘चित्रकार’

  •  मेन समाचार संवाददाता
  • १६ भाद्र २०७७, मंगलवार १७:२८ प्रकाशित
    Advertisement
    Advertisement
    प्रतिकात्मक तस्बिर । गुगलबाट

    इलाम । कोरोना सङ्क्रमणले विश्वका अधिकांश मुलुकका आर्थिक तथा सामाजिक क्षेत्रलाई नराम्ररी प्रभाव पार्दैछ । सङ्क्रमणकै कारण अकालमा लाखौले ज्यान गुमाइसके भने धेरै सङ्क्रमित बनिरहेका छन् । विश्वव्यापि कोरोनाको कहरबाट नेपाल पनि अछुतो छैन ।

    कोरोना जोखिम हुन नदिन कही लकडाउन त कतै निषेधाज्ञा जारी छ । कतिपयका लागि लकडाउन झण्झटिलो भैरहेको छ । कतिपयलाई भने नयाँ नयाँ काम सिक्ने अवसर समेत बनिरहेको छ । यही समयमा कतिपयले आफूलाई ‘उद्यमी’का रूपमा पनि स्थापित गरे ।

    केहीले लकडाउनलाई ‘स्वर्णीम’ बनाउँदै सीप सिक्ने अवसरका रूपमा पनि लिए । लकडाउन नभएको भए माइजोगमाई गाउँपालिकास्थित सोयाङका पुजन चापागाईं यति बेला झापाको विर्तामोडमा भेटिन्थे ।

    विर्तामोडको कोहेड कलेजमा कक्षा १२ मा अध्ययनरत उनी अहिले पनि अध्ययनकै सिलसिलामा भुलिदै थिए । विज्ञान विषय पढ्दै गरेका पुजन कोठामै किताबमा घोत्लिन्थे ।

    लकडाउन शुरु भएको पाँचदिनअघि नै घर आएका उनी त्यसयता घरमै छन् । विर्तामोडको खुला सडकमा समय बिताउने उनलाई घरभित्रै टिभी हेर्न र पढ्नमात्रै दिक्क लाग्न थाल्यो । उनलाई रहर लागेको चित्रकलाको सम्झना आयो । शुरुमा त समयको सदुपयोगका लागि केही चित्र कोरे । तर, बनाउँदै जाँदा कही चित्र हेर्न लायक पनि भए ।

    परिवारले हौसला बढेपछि भने उनले दिनदिनै चित्र कोर्दै गए । पुजनको चित्रको सङ्ख्या बढ्दै जाँदा चित्रमा निखारता पनि बढ्दै गयो । अहिले त उनको लामो समय चित्र बनाउँदै जान्छ । शुरुमा घरपरिवारकै चित्र बनाएपनि पछिल्लो समय भने अरूको पनि बनाउन थाले ।

    ‘अरूले पनि चित्र आफ्नो चित्र बनाउन आग्रह गर्नुहुन्छ’ पुजन भन्छन्, ‘लकडाउनले मलाई चित्र बनाउन सक्ने बनायो । लकडाउन थिएन भने सायद चित्र कोर्ने हुने थिइन होला ।’

    पुजनले पेन्सिल मात्रै प्रयोग गरेर चित्र कोर्दा पनि दुरुस्तै बनाउँछन् । ‘अहिले चित्रमा निखारता ल्याउन पेन्सिलले मात्र कोर्ने गरेको छु’ उनी भन्छन्, ‘अरू चीजको प्रयोग गर्दा चित्रको अर्गानिकपन आउँदैन ।’

    आफ्नो रहरको विषय भएकाले पनि दुःख गरेर चित्र उतार्न रमाइलो लागेको उनी सुनाउँछन् । पुजन घरपरिवार (बहिनीहरू, हजुरबा, हजुरआमा), साथीभाइ र आफूले मन पर्ने चित्र कोर्ने गरेको बताउँछन् । लामो समय निरन्तर खटेर गर्नुपर्ने भएपनि चित्रकलामा भविष्य नभएको उनको अनुभव छ ।

    सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका सुमन निरौला (भारद्वाज) को पीडा पनि पुजनकै जस्तो छ । इलामकै महेन्द्र रत्न बहुमुखी क्याम्पसको स्नातक चौथो बर्ष अध्ययनरत उनी पनि लकडाउन भएपछि घर जानु पर्ने भयो । सहरमा जस्तो ‘कडा’ लकडाउन गाउँमा नभए पनि उनले फाट्टफुट्ट बाहिर हिड्न बाहेक घरमै समय बिताए । सुमनले पनि पुजनले जस्तै आफूलाई अल्छी लागेको समयमा पेन्सिलले चित्र कोर्न थाले ।

    सानैदेखि रहरको विषय रहेको चित्रकलामा उनले दिनानुदिन परिश्रम गर्दै गए । परिश्रम खन्याएसँगै चित्रकला अब्बल बन्दै गए । परिवार र साथीभाइको चित्र समेत बनाउँदै गएपछि धेरैले उनका चित्र मन पराउन थाले । निरन्तर चित्र बनाएपछि उनले पनि दुरुस्तै चित्र कोर्न सक्ने भएका छन् । अहिले त सुमनलाई चित्र बनाइदिन भन्दै दैनिक ३र४ कल फोन नै आउँछन् ।

    ‘धेरैले चित्र बनाइदेउ घरमा सजाएर राख्छु भन्दै फोन गर्नुहुन्छ’ सुमन भन्छन्, ‘साह्रै खुसी लाग्छ । यस्तो भन्दा ।’ उनका अनुसार एउटै चित्र बनाउन लगातार ३र४ घण्टा खट्नुपर्छ । सोखकै कारण अहिले सुमन घरको काम भ्याएर २ देखि ३ घण्टा चित्रकलालाई समय छुट्याउँछन् । ‘धेरै र राम्रा चित्र बनाए भविष्य त होला’ उनी भन्छन् । रासस

    Share this:

    • Twitter
    • Facebook
    • Pinterest
    • WhatsApp
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    बालुवाटारमा ओली र गौतमको अर्थपूर्ण डिनर मिटिङ
    काेराेनाकाे जाेखिम बढ्दै गर्दा छैन निगरानी, छैन सावधानी !
    एमालेका चार नेताले दायर गरेको रिट सर्वोच्चमा दर्ता
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      बालुवाटारमा ओली र गौतमको अर्थपूर्ण डिनर मिटिङ

    • २.
      बैंक वित्तीय संस्थाको सेवामा गुनासो छ ? यसरी गर्नुस् उजुरी

    • ३.
      राष्ट्रिय सभा उपनिर्वाचन जेठ ६ गते, मताधिकार क–कसलाई ?

    • ४.
      नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३६ खर्ब ६६ अर्ब ६९ करोड

    • ५.
      दुइ थान भरुवा बन्दुकसहित पक्राउ

    • ६.
      कटकुवा स्वास्थ्य चौकीलाई कोभिड अस्पताल बनाउने निर्णय

    • ७.
      कोरोना नियन्त्रण गर्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह

    • १.
      मन्त्रिपरिषद्को निर्णयः विद्यालय सहित भिडभाड हुने क्षेत्रहरु बैशाख मसान्तसम्म बन्द

    • २.
      मुख्यमन्त्री गुरुङद्वारा चैतेदशैँ पर्वको शुभकामना

    • ३.
      काेराेना नियन्त्रण गर्न जारी गरेकाे सरकारी आदेशमा केके छ ?

    • ४.
      उघ्रिँदै छ पुननिर्मित धरहराको घुम्टो (तस्बिरहरु)

    • ५.
      सर्वसाधारण ‘झुक्याउने’ सरकारी सूचना, कोरोना बढ्दै गर्दा अन्योलमा अभिभावक

    • ६.
      शीतल कादम्बिनी अर्थात् सफल सर्जक

    • ७.
      शनिबारको हावाहुरीले त्रिशुली नदीको निर्माणाधीन पुल उडायो

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.