काठमाडौँ । काठमाडौँको शिवपुरी जंगलमा लागेको डढेलो निभाउन हेलीकप्टरबाट पानी हालिएको छ ।
आइतबार बिहान करिब १० बजेदेखि शुरु भएको आगलागी फैलिँदै गएपछि हेलिकोप्टरको सहायता लिइएको हो । पानी हाल्नका लागि सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको छ ।
प्रहरीका अनुसार अहिलेसम्म आगो के कारणले लगोको पत्ता लागेको छैन । आगो नियन्त्रणमा लिन नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।
हेलिकप्टरसँगै दुई–तीन वटा दम्कल आगलागी स्थलमा पुगिसकेको प्रहरीले जनाएको छ ।